पूर्वाञ्चल विश्वविद्यालयका ८७६४ विद्यार्थी दीक्षीत

अनलाइन दर्पण 2017-03-05
img

२३ फागुन, बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका चारवटा आगिंक र १४९ वटा सम्बन्धन प्राप्त कलेजका ८ हजार ७ सय ६४ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आइतबार बिराटनगरमा उनीहरुलाई दीक्षान्त प्रमाणपत्र दिइएको हो ।

मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र संकाय तथा विज्ञान तथा प्रविधि संकायमा अध्ययनरत्त स्नातकेात्तर र स्नातक तहका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

विभिन्न संकायतर्फका स्नातकोत्तर तहका १ हजार ५ सय ६ जना र स्नातक तहका ७ हजार २ सय ५८ जना दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा शैक्षिक वर्ष ०७१/०७२ मा विभिन्न संकायमा सर्वोत्कृष्ट  हुने १८ जनालाई विभिन्न पदकद्वारा सम्मान गरिएको थियो । 

विश्वविद्यालयका लागि मोरङको गोठगाउँमा भवनसँगै आफ्नै शिक्षण अस्पताल निर्माण भएको भए पनि उचित जनशक्ति एव स्रोत्र साधनको अभावमा पूर्ण रुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

Related Post

Advertisement