अंगद यादव/ नवलपरासी पश्चिम ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.- ९ बेलाटारीमा रहेको त्रिभुवन क्याम्पसमा बिदाई कार्यक्रम भएको छ । बि.बि.एस. र बि.एड. बर्षका बिद्यार्थीहरुलाई बिदाई गरिएको चौथो बर्ष सकेर जान लागेका बिद्यार्थीहरुलाई विदाई गरिएको छ ।
विद्यार्थी अज्जु थापाको अध्यक्षता तथा सहायक क्याम्पस मनोजधर द्विवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा बक्ताहरुले बिद्यार्थी जीवनमा बिभिन्न दुःख कष्ट आउने भएकाले संघर्ष गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । संघर्ष गर्ने बिद्यार्थी भबिष्यमा सफल हुने उनीहरुको तर्क रहेको थियो । बिद्यार्थीहरुले किताबी ज्ञानमा मात्रै नभएर व्यबहारिक ज्ञानमा पनि जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि द्विवेदीले बिद्यार्थीहरुले आफुले प्राप्त गर्ने अंक भन्दा पनि क्षमता बृद्धि गर्न तर्फ लाग्नु पर्ने बताए । त्यसका लागि बिद्यार्थीहरुले व्यबहारिक ज्ञान पनि सिक्नु पर्ने बताएका थिए । बिद्यार्थीहरुले आफु भबिष्यमा कस्तो मान्छे बन्ने भन्ने लक्ष्य बनाएर अगाडि बढे अवश्य पनि लक्ष्यमा पुग्न सकिने उनले बताए ।
कार्यक्रममा उप प्रधानाध्यापक दिलिप शर्माले बिद्यार्थीहरुलाई बिदाई नभएर उनको भोलीको भबिष्यको नयाँ बाटो खुल्ला भएको बताए । उनीहरुको शैक्षिक स्तर एक कदम बृद्धि भएको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा शिक्षक रामशरण पाण्डेले क्याम्पसमा प्रथम, द्वितीय र तेस्रो बर्षमा आएका बिद्यार्थीहरुलाई लगनशिल, ईमान्दार, व्यवहारीक भएर अध्ययन गरेमा भबिष्य उज्वल हुने दाबी गरे । कार्यक्रममा क्याम्पस संघर्ष समितिका अध्यक्ष एवं बिद्यार्थी नेता सोभित हलुवाई (गोलु), बिद्यार्थी ललिता कोइरी, सुरज राई लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
बिद्यार्थी नेहा कुर्मीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रम संचालन अखिलेश कुशवाहाले गरेका थिए । कार्यक्रममा स्वागत गीत पनि प्रस्तुत गरिएको थियो, भने बिद्यार्थीहरुले अन्य सांस्कृतिक प्रस्तुती पनि राखेका थिए । बिदाई हुने बिद्यार्थीहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।