सानोठिमी क्याम्पस तिर फर्केर हेर्दा

अनलाइन दर्पण 2019-08-06
img

  -मन बहादुर के सि

भक्तपुर श्रावण २। साउन १गतेको नागरिक दैनिकमा प्रकाशित ‘काण्डैकाण्डको अखडा त्रिवि’ भन्ने शीर्षकमा अनियमितता रोक्न राजिनामा भन्ने लेख तर्फ मेरो ध्यानाकर्शण भएको छ । त्यस लेख भित्र नचाईएको एउटा पात्र म पनि भएको भएर पनि होला यस प्रति मलाई अलि बढि चासो बढेर आएको छ । यदि यस लेखले कसैलाई ब्याक्तिगत रुपमा आँच पर्न गएमा क्षमा प्रार्थी छु । 

सानोठिमी क्याम्पसमा संगठनको आढ लगाएर दुई चार जना साथीहरु आन्दोलित छन, त्यसमा कुनै दुई मत छैन । तर आन्दोलन के का लागि त्यो कुरा महत्वपुर्ण छ । क्याम्पसलाई देखाएर ब्याक्तिगत स्वार्थ पुर्ति गर्न लालाहित हुने हो भने, त्यो आन्दोलनको कुनै औचित्य हुँदैन । समग्र क्याम्पस र त्रिविका लागि हो भने सबैलाई किन समेट्न सकिएको छैन ? यस विषयमा ध्यान पुर्याउनु  जरुरि छ । संगठनका नाममा धमिलो पानीमा माछा मार्न पल्केका साथीहरु पानीको मुहान सङ्लीन थालेपछि कतै माछा मार्न सकिन्नकी भनेर अताल्लिएका पो हुन कि ? सम्बन्धित निकाए, मुल पार्टी तथा संगठन, त्रिवि विज्ञ समुह र संचार समुहले बुझ्नु जरुरी छ । 

म, मन बहादुर खत्री, सानोठिमी क्याम्पस भक्तपुर मा विगत २०६४ साल माघ १६ गते देखी आंशिक शिक्षकको रुपमा अध्यापनरत छु । मैले त्रिवि बाट अंग्रेजी विषयमा एम एड, के यू बाट एम फिल र हाल त्रिवि बाटै पि एच डि गर्दै छु । मैले राष्ट्रिय र अन्तराष्ट्रिय जर्नलहरु बाट आफ्ना लेखहरु छपाईरहेको पनि छु भने, मलाई स्पष्ट पारियोस म कसरि योग्यता नपुगेको भए र यो कारणले किन हाम्रा संगठनका अध्यक्ष लिम्बुजीको टाउको दुख्यो ?

म संगै करार खाने गणित विषयका साथी आफ्नो विषयमा गोल्ड मेडल प्राप्त छन र एम फिल पनि गरिसकेका छन भने अर्का अंग्रेजीका साथी पनि त्यहि कलेजमा विगत ४।५ वर्ष देखि अध्यापन गराईरहेका छन । आफ्नो स्वार्थ अनुसारका मान्छेहरु भर्न नपाएको रिसमा कसैलाई योग्यता नपुगेको भनेर जथाभावि वोल्न मिल्छ कि नाई ? अर्काको योग्यता माथी प्रश्न गर्ने मान्छेले आफ्नो योग्यता उ संगै तुलना गरेर हेर्नु पर्छकि नाई ? यो कुरा मनन योग्य छ । 

आजभन्दा ४।५ वर्ष अगाडि सानोठिमी क्याम्पस मै आठ जना साथीहरुलाई करार गरियो । त्यतिबेलै संगठनको आड लगाएर आर्थीक चलखेलकै भरमा अंग्रेजीमा म, शिक्षामा लक्ष्मी खतिवडा र नेपालीमा केशव अधिकारी भन्दा जुनियर साथीहरुलाई हाम्रै अगाडि हाम्रै ठाँउमा करार गरियो, त्यतिबेला संगठन कहाँ थियो ? के गर्दै थियो ? त्यति बेला पैसा खाने र जथाभावि नियुक्ति गर्ने सहित क्याम्पस चिफको राजिनामा लिम्बुजीले किन माग्न सक्नु भएन ? के संगठन हाम्रा लागि थिएन ? हाम्रा लागि संगठनले किन बोलेन ? 

पोहोर शाल मात्रै छ जना साथीहरुलाई आन्तरिक करार गरियो, त्यति बेला पनि सिनियरिटी मिचेरै गरियो । त्यति बेला हाम्रा अध्यक्ष महोदय के निदाउनु भएको थियो ? संगठनको अध्यक्षको हैसियतले कुनै दिन विरोध जनाउन सक्नु भएन ? कति साथीहरुले सानोठिमीनै छोडेर हिंडे, के यि कुराहरुको कुनै दिन हिसाब किताब हुँदैन ? गलत काम गर्नेलाई इतिहासले पनि सराप्छ । पाप धुरिबाट कुर्लिन्छ । यदि म गलत छु भने मलाई कार्वाहि गर्दा हुन्छ । नत्र संगठनको आड लगाएर जथाभावि गर्न पाईदैन । संगठन कसैको पेवा होईन । ब्याक्तिगत सम्पती पनि होईन । र संगठनका पदाधिकारि हुनु भनेको डामेर छोडेको साँढे जस्तो जे मन लाग्यो त्यहि गर्ने र जता मन लाग्यो त्यतै हिंड्ने पनि होईन । हामी छौं र संगठन छ । संगठन छ र तपाईहरु हुनुहुन्छ । र तपाईहरुको काम थिती बसाल्ने हो विगार्ने होईन । 

क्याम्पसमा समस्या छ भने, क्याम्पस भित्रै छलफल गरेर समस्याको समाधान खोज्ने हो । क्याम्पस चिफले गल्ति गरेको हो भने निजले संगठनका सम्पुर्ण सदस्यहरु समक्ष माफि माग्नु पर्दछ । माफि गर्न योग्य छैनन भने त्रिविकै छानविन कमिटीले छानविन गरेर बर्खास्त गर्ने हो । त्यो पनि नभए अख्तियार के का लागि ? मुल संगठनको के भुमिका ? पहिलेको क्याम्पस चिफले छोड्ने बेला ७ करोड रुपैयाँ भएको क्याम्पसको खातामा अहिले आएर हेर्दा साढे आठ करोड जम्मा भएर बसेको छ भन्ने कुरा बैंक स्टेटमेन्टले बताउँछ भने क्याम्पस कसरि टाट पल्टियो ? जवकि विद्यार्थी संख्या पहिले भन्दा अहिले दुई दोब्बरले घटेको छ । यसरि मेडियालाई नै गलत तरिकाले प्रयोग गर्नु एउटा प्रध्यापकका लागि सुहाउने कुरा हो जस्तो मलाई लाग्दैन । 

आज आएर सानोठिमीको घटनामा भि सी सम्मलाई ल्याएर जोड्नु यो लज्जामय छ । भि सी एउटा सम्मानित पद हो । आफु नाङ्गै हिंड्न नपाएपछि बाउलाई गाली गर्नु अपराध हो । आज भि सी लाई जोड्नेले भोली रेक्टर र रजिष्टारलाई पनि जोडेर सत्ता सराप गर्न बेर हुँदैन । आफ्नो लाचारि पनमा अर्कालाई भागिदान बनाउनु कदापि वाञ्छनिय हुँदैन । त्रिविमा रहे सम्म धेरै साथीहरुले अझै पनि विसौं पचिसौ वर्ष संगै काम गर्नु छ । रिस, राग, लोभ, लालच र बैमनस्यताले कदापि न संस्थालाई हित गर्छ न संगठन र पेशालाई नै हित गर्दछ । 

अतः फुट्ने होईन जुट्ने कुराको खोजी गरौं । समस्यालाई मिडिया बाजी गरेर आफ्नै ब्याइजेत गर्नु भन्दा क्याम्पसकै गोलघरमा शिक्षक, प्रशासन र विद्यार्धीहरु संगै बसेर समाधानको बाटो खोजौं । सच्चिनु पर्नेहरु सच्चिएर अगाडि बढौं । क्याम्पसलाई राजनैतिक अखडा गराउन भन्दा पनि प्राज्ञिक थलोको रुपमा विकाश गरौं । र जति पनि आंशिक शिक्षकहरु हुनुहुन्छ उहाँहरुको भविश्य सुनिश्चित छ भन्ने कुरामा उहाँहरुलाई बोलीले मात्रै होईन ब्याबहारलेनै आश्वश्त पारौं । घाउ फरक भएपनि दुखाई सबैको उस्तै हुन्छ । त्यसैले संगठनको नाममा र आर्थीक प्रलोभनमा परि कुनै आंशिक शिक्षकलाई काखा र पाखा नगराऔं । सानोठिमी र त्रिविको विकाशनै हाम्रो शान हो । यसको शाननै हाम्रो गौरव हो । र यसको गौरव नै हाम्रो भविश्य हो । ब्यक्ती गत टिकाटिपणीमा लाग्ने र कुरा लगाउदै अन्यत्र सबै नाच्ने हो भने आन्दोलनरत आदरणीय प्राधापकहरु कै पनि धेरै कमिकमजोरी छन के अब हामीले पनि तेसै गर्ने अनि क्याम्पस लाई शिक्षक बिनाको खाली मैदान बनाउने।नेतृत्व हो नेतृत्वको ब्यक्तिगत ,सामाजिक कमि कमजोरी हुन सक्छ्न छ पनि अब त्यसलाइ हामी ले पनि अतिरन्जित गर्दै हिड भनेर सिकाको तपाइहरु ले?समस्या को समधान कालो पटि बाधेर ,कालो ब्यानर झुण्ड्याएर हुदैन जस्तो लाग्छ त्यस्का निमित्त त बार्ता नै विकल्प हो।फेरि बिश्वबिद्धालय का शिक्षक हामी हामी नै द्वन्द्व न्यूनीकरण हैन बढवा मा लाग्ने र नकारात्मक आन्दोलन तर्फ उन्मुख हुने हो भने हामी बाट बिध्यार्थी ले के सिक्ने?भने प्रश्न उठन सक्छन त्यसैले क्याम्पस को हित र बाहिरी तत्व ले खेल्न नदिन हामी सबै सजग हुनु पर्ने भएको छ।

सम्बन्धित समाचार

Advertisement