विद्यालयको वार्षिकोत्सवमा रक्तदान

अनलाइन दर्पण 2017-04-04
img

भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आफ्नो विद्यालयको २८ औं वार्षिकोत्सवको  उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ ।

विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा चपाचो गणेशमन्दिरको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, भू.पू.विद्यार्थी, अभिभावक तथा शुभचिन्तक लगाएत ७० जनाले  रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी व्लड डोनर्स एसोसिएसन भक्तपुरका निवर्तमान अध्यक्ष एबम  विद्यालयका अभिभावक हरिदास प्रजापतिले रक्तदान जीवनदान भएकाले यसले मानव स्वस्थ्यमा सकरात्मक प्रभाब पार्ने बताउनुभयो  । 

कार्यक्रममा अन्य अतिथिहरुले विनायक शिक्षा निकेतनले शैक्षिक उत्थानमा मात्र नभई सामाजिक सेवाको क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो । 

विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विनायक  विद्यालयको शिक्षा लगायत स्वास्थ्य र सामाजिक सेवाको भावनामा अघि बढ्दै कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रमको संयोजन जुनियर रेडक्रस सर्कलका संयोजक रामचन्द्र प्रजापति र संस्थाकी अध्यक्ष करिना प्रजापतिले संयुक्त रुपमा गरेका थिए । 

सम्बन्धित समाचार

Advertisement