भक्तपुर, कात्तिक ६ । कक्षा १२ मा एक विषय अनुतिर्ण भएका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षा सकिएको छ । शनिबार एकदिन सञ्चालन गरेको मौका परीक्षामा ३३ हजार पाँच जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।
देशभरका ८७ वटा परीक्षा केन्द्रमा एकै साथ सञ्चालन भएको परीक्षामा सबैभन्दा बढी अंग्रेजी विषयमा ११ हजार, अर्थशास्त्रमा सात हजार, लेखामा तीन हजार तीन सयसहित अन्य विषयमा अनुतिर्ण भएका विद्यार्थीले मौका परीक्षा दिएका थिए । मौका परीक्षाको नतिजा यही महिना भित्र सार्वजनिक गरिने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनुभयो ।