त्रिविका करार शिक्षकले ३५ नम्बर समेत ल्याएनन्

अनलाइन दर्पण 2016-12-05
img

२५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करार शिक्षकहरुलाई स्थायी गर्न लिइएको विशेष आन्तरिक परीक्षामा दर्जनौं परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।उत्तीर्ण हुन चाहिलने ३५ नम्बरसमेत ल्याउन नसक्दा दर्जनौं दरबन्दी खाली भएका छन् ।

त्रिविले १६ वटा विषयमा विशेष आन्तरिक परीक्षा लिएको थियो ।

उपप्राध्यापक पदको लिखित प्रतियोगितामा न्यूनतम नम्बर ल्याउन नसक्दा तोकिएको दरबन्दीभन्दा कम परीक्षार्थी मात्र उत्तीर्ण भएका आजको नयाँ पत्रिकामा समाचार छ ।

खुला प्रतियोगितातर्फ प्रतिस्पर्धा रुपमा उत्कृष्ट भएकाहरुले समेत सेवाको अवसर पाएका छैनन् भने आन्तरिकतर्फ तोकिएका दरबन्दीमा कतिपय विषयमा आधा शिक्षक पनि उत्तीर्ण भएका छैनन् । केही विषयमा भने उत्तीर्ण प्रतिशतको अवस्था नाजुक छ ।

भूगोल शिक्षामा पाँचवटा दरबन्दी रहेकामा एकजना मात्र उत्तीर्ण भएका छन् । त्रिविमा दुई पेपरको ७० पूर्णङकमा उत्तीर्णका लागि ३५ नम्बर ल्याउनुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

Advertisement