मध्यपुर ठिमी स्थित विनायक शिक्षा निकेतन ई.से.स्कुलमा मंगलबार स्कुल ओरल हेल्थ प्रोग्राम सम्पन्न भएको छ ।
दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज र डेन्टल कलेजको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको दन्त परीक्षण भएको थियो । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. मेघा प्रधान र डा. दिप्ती श्रेष्ठको समूहले विद्यार्थीहरूको दन्त परीक्षण गरेका थिए ।
पहिलो चरणमा विद्यालयमा परीक्षण गरिएको र दन्त समस्या भएका विद्यार्थीहरूलाई अभिभावकसँग परामर्श गरेर हस्पितलमै लगेर सम्पूर्ण उपचार गरिदिने डा. मेघा प्रधानले बताइन् । उनका अनुसार विद्यार्थीहरूलाई यी सम्पूर्ण सेवा निशुल्क प्रदान गरिने र अन्य आवश्यक सेवा पनि प्रदान गरिनेछ ।
टोलीलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले धन्यावद ज्ञापन गर्नु भयो । आफ्नो दाँतमा खरावी हुँदाहुदै पनि थाहा नपाई बस्नुपर्दाेरहेछ आफ्नो दाँत परीक्षण गराउँदै गरेका कक्षा ६ का वविश प्रजापतिले बताए ।