सुरेश प्रसाद निरौला
कमरेडहरु हो उँहा मानव हो देवत्वकरण नगरौं उहाँ भग्वान भने होईन, उहाँका लेख, रचना वा दिमागबाट निस्कने हरेक चिजहरु हामीहरु जस्ता नेता वा कार्यकर्ताहरुका लागि सबै उपदेश या आर्शिवाद भने हुँदैनन् , त्यसर्थ उँहा सुत्दा, उठ्दा, हिड्दा वा नित्य क्रम गर्दा निस्कने चिजहरु सबै हाम्रा लागि प्रशाद वा महाप्रसाद भन्ने पनि हुँदैन । अब बाँकी रह्यो यो देशको – यसमा पनि नेता–कार्यकर्ता वा जनताहरु सबै अबुझ, चरित्रहिन, भ्रष्ट, अराजक मुर्ख, राष्ट्रघाती वा असुरगुण या राक्षसहरु भन्ने होइनन् । यदि तपाइहरुको सोच आफू बाहेक अरु सबै जना त्यस्तै हुन् भन्ने लाग्छ भने म त खालि यति मात्र भन्छु की ........................... ।
“मै खाउँ मै लाउ – सुख सयलमा मोज म गरु” भने जस्तै होइन ? कि ...............।
“म सबै भन्दा माथि छु र मैले बोलेको बोली नै अन्तिम सत्य हो भन्ने दम्भ कतिपय सासकहरुलाई पनि हुन सक्छ”
अनि पोष्टमा पुगेपछि विज्ञ, डाक्टर, मास्टर, उद्ययोगपति, संस्कृतिविद्य, वा सम्पूर्णको ज्ञाता म नै हुँ भनि दिइने अभिव्यक्तिहरु देश, पार्टी र जनताहरुका लागि घातक सिद्ध हुनसक्छ भन्ने कुरा बुझ्न र बुझाउन नसक्नुको परिणाम हो । साथै एकथरी मित्रहरू त ह मा ह मिलाई रहेकै छन्, सत्य कुरा जे भए पनि । त्यो त पछीको कुरा हो । त्यसैले धेरै नदेखाउ खोक्रो राष्ट्रबाद -समस्या उठाउनु मात्र राष्ट्रवादी होइन, समस्याको समाधान गर्न सक्नु चाहिँ असली राष्ट्रवाद हो जस्तो मलाई लाग्छ । साथीहरु हो त्यसैले – मानवलाई देवत्वकरण नगनुहोस्,
– गरेका सबै कार्यहरु सहि हुँदैनन्,
– बोेलेका सबै शब्दहरु सबै ठाउँमा उचित र उपयुक्त हुँदैनन् ,
– लेखकहरुका सबै लेख रचनाहरु, सबै ठाउँमा सान्दर्भिक ठहरीदैनन्,
– त्यसैले कसैका ठाउँ कुठाउँहरुबाट निस्केका चिजहरु अर्ती, उपदेश वा र्निदेशन पनि हुँदैनन् ,
– कसैले नेता, कार्यकर्ता वा जनताहरुलाई म (आफू) बाहेक अरु सबै
मुर्ख, भ्रष्ट, चरित्रहिन, अनैतिक, अराजक, राष्ट्रघाती वा असुर राक्षस् गणहरु हुन् भन्छन भने त्यस्ताहरु लाई हामीहरुले यति मात्र बुझ्दा हुन्छ कि ......
“कुण्ड–कुण्ड पनि मुण्ड–मुण्ड बुद्घी" भनेको पनि सायद यही नै होला होइन र! विद्वान मित्र हो ।
– भ्रम फैलाए वापत ईण्डीयन मिडियालाई नेपाल भित्र प्रतिबन्धी गरियो अब नेपालमै भ्रम श्रृजना गर्ने एक खाले मिडियाहरुलाई भने के गर्नुहुन्छ ? यस्ता खाले हर्कतेहरुलाई खुल्ला छोड्ने कि प्रतिबन्धित गर्ने हो, यो भने सरकार आफै जानोस । यसको कार्यान्वयन गर्नु पर्छ कि पदैन यो मननिय कुरा हो ।