आज बाट जीवन विकास लघुवित्तको आईपीओ ब्रिक्रि खुल्ला, कति दिने आबेदन ?

अनलाइन दर्पण 2021-06-25
img

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आज असार ११ गतेबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ।  कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो। 

निषेधाज्ञाका कारण लामो समयदेखि रोकिएको आइपीओ निष्कासन प्रक्रिया जीवन विकास लघुवित्तको आइपीओसँगै पुन सुरु भएको छ ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । 

आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। 

संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।

सम्बन्धित समाचार

Advertisement