गोर्खाको दूधपोखरी चेपेमा ८.८५६ मेगावाट जलबिद्युतमा आयोजना बन्दै राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने

अनलाइन दर्पण 2023-05-13
img

  प्रमाेद अधिकारी


काठमाडौं ।  गोर्खाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ ।

गोर्खाको दूधपोखरीमा निर्माणाधिन दुधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधपोखरी मेचेका अध्यक्ष सविन प्रधानाङ्गबीच विहिवार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ ।

दूधपोखरी चेपे जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको अध्यक्ष सविन प्रधानाङ्गले बताए । 
उनका अनुसार जलविद्युतको लागि चाहिने सडक एवं प्रसारण लाईनको काम ९० प्रतिशत सम्पन्न भई सकेको छ । 
सो आयोजनाको प्रशारण लाइन सुपर चेपे जलविद्युत आयोजनाको प्रशारण लाइनमा डबल सर्किट भएर ल्याइने तयारी गरेको छ । 
सुपर चेपे र दुधपोखरी चेपेको संयुक्त कोलाब्रेसनमा काम भएपछि सो क्षेत्रका बासिन्दा पनि खुशी भएका छन् ।
 अनुभवी सुपर चेपेको समुहको कोलाब्रेसनमा दुधपोखरी चेपे बन्नेभएपछि आयोजना समयमै सम्पन्न हुने भएको छ ।  
आयोजनामा  १७५५ मिटर लामो हेडरेस सुरुङ र ३११९ मिटर लामो पेनस्टक निर्माण हुने आयोजनाका जनसम्पर्क अधिकृत प्रदिप राज गिरीले जानकारी दिए । यो आयोजना पूरा भएपछि वार्षिक ५६.१९ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने उनले जनाए । हिउँदमा १९.२८ गिगावाट प्रति घन्टा र बर्षातमा ३६.९१ गिगावाट प्रति घन्टा विद्युत उत्पादन हुने गिरीले जानकारी दिए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लमजुङमा रहेको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण सुरु भएको साढे २ वर्षमा सम्पन्न हुनेछ ।

कम्पनीले आयोजनाको अध्ययन पूरा गरी २०७७ माघ १९ गते नै विद्युत विकास विभागबाट आवेदन पाएको हो । आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ ।

स्वदेशी लगानीमा नै निर्माण हुन लागेको दुधपोखरी चेपे जलविद्युत आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरी सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement