नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विधि र बिधान बिपरित चल्दा आउन सक्ने खतरा

अनलाइन दर्पण 2020-11-13
img

  सुरेश प्रसाद निरौला ,                                                                       

 

पार्टी बिधि र पद्तीमा नचल्दा हुनसक्ने दुर्घटना 

१। पार्टी– मल्टी पार्टी सिस्टममा पार्टी नै सर्वोपरि हो भन्ने कुरा धुर्वसत्य हो । अनि पार्टीभित्र विधान, विधि, प्रक्रिया, पद्धती, विचार, निति, वैठक, भेला भनेका चाँही यसका अङ्गहरु हुन् । यि सबै खाले प्रोसेस प्रक्रियाहरुलाई पाखा लगाएर म पार्टी संचालन गर्छु भन्ने कुरा कसैलाई पनि लाग्छ भने त्यो उहाँहरुको दिवा-सपना मात्र हो । कुनै पनि पार्टी भित्र नेतृत्व नेता कार्यकर्ताहरु भने आउने जाने भैरहन्छन् । समय र परिस्थिति अनुसार यसका विधान, विधि, विचारहरु भने हरेक महाधिवेशन हरुमा बिसयहरु उठ्छन्, छलफल हुन्छ र कति त परिवर्तन पनि हुन्छन । यि सबै कुराहरु पार्टी संचालन गर्ने नेतृत्व, नेता - कार्यकर्ताहरुलाई हेक्का रहनुपर्ने नै कुरा हो तर यहाँ भने “कामकुरो एकातिर – कुम्लो बोकी ठिमी तिर” भनेझैँ भएको देख्छु । 

अनि अर्को कुरा, कुराहरु ठिकै उठाए जस्तो गरेर आ–आफ्नो भित्रि स्वार्थहरु पुरा गर्न कसैले खोजेको हो भने त्यो काम चाँही अपराधीक काम हो । कसैले पनि त्यस्ता खाले कु-कृत्य कार्यहरु गरे भने हामी सबैले एक भएर विरोध गर्नुपर्दछ । यदी उहाँहरुले उठाएका कुराहरु पार्टी, विधि, विधान, पद्धती, प्रक्रिया अनुसार नै सही सत्य छन् भने हामीहरुले त्यसको पक्षपोषण पनि गर्न सक्नुपर्दछ । 

२। एउटा कुरा के भने नी कसैको गुट भित्रको गुटे नेता, कार्यकर्ता जति अपराधि, असक्षम, अयोग्य भएपनि त्यो तपाईहरुको लागि राम्रो हुन्छ अनि आफ्नो गुट भित्र चाँही परेन भने जतिसुकै योग्य, सक्षम, नैतिकवान, दुरदर्शी, परिपक्व भएता पनि त्यो चाँही नराम्रो हुन्छ किन ? यस्ता खाले कुनै पनि गुटहरुले गरेका क्रियाकलाप, लेख, इन्टरभ्युहरुले भने आफुलाई भन्दा पनि अरुहरुलाई कुरी कुरी हुने गरी असहज बनाएको देखिन्छ । यस्ता खाले कु–हर्कतहरुलाई विद्वान मित्रहरुले बेलैमा बुझ्न सक्नुभयो भने पार्टी भित्र केही राम्रो हुन्थ्यो कि ?

सामाजिक संजालै भरि तथानाम गरी लेखिएका, बोलिएका अपशब्दहरु सुन्दा, हेर्दा म आफैँलाई लाज लागेर आउँछ । अझ उल्टै नेता-कार्यकर्ताहरुलाई उहाँहरुले दिएका अर्ति, उपदेश, सुझाव सल्लाहहरुको त कुरै नगरौं । मित्र विद्वानहरु हो, तपाईहरु पनि कुनै तह र तप्काको त नेता नै होला नि होइन र ? ति सबै खाले लगाइएका आरोप–प्रत्यारोप, सुझाव, सल्लाहहरु तपाई तिर नै फर्किएका दिन चाँही तपाईहरुको उत्तर के होला ? कमरेडहरु हो यि सबै कुराहरु त समयले नै बताउनेछ,  होइन र ? 

४। कुरा के भने नी मित्रहरु हो पार्टी, नेता, कार्यकर्ता वा राष्ट्रपति, प्रधनमन्त्री, मन्त्रीहरु सबैले सबैलाई मन पराउन पनि सक्छन, मन नपराउन पनि सक्छन, चिन्न पनि सक्छन, नचिन्न पनि सक्छन यो भने ठुलो कुरा भएन । आफुहरुलाई मनपरेकै पार्टी नेता कार्यकर्ता वा सरकार बनाउने कार्यमा लाग्दै राम्रो होला । यदी कसैलाई मान गर्न सक्नुहुन्न भने अरु कसैको अपमान पनि नगर्नुहोस् । जसलाई धुप, बत्ति, फुल, अक्षता चढाउन मन लाग्छ उसले उसकै नित्य पुजामा लागिहाल्नुहोस, त्यसमै तपाईहरुको जय हुनेछ । जुन-जुन ब्यक्तिहरु तपाईहरुलाई मन पर्दैन उहाहरुको मतलब नगर्दा भइहाल्यो नि तर त्यो कुर्सीको इज्जत, धर्म र मर्यादाको कुरामा भने हामी सबैले हेक्का राख्ने हो कि ? 

तसर्थ हामी सबैले हामी भित्र रहेको दम्भ, कुण्ठा, अहंम त्यागेर पार्टीको विधान, विधि, पद्धती, प्रक्रिया, बैठक, भेला, सम्वाद, सहमति, सहकार्यका साथ अगाडी बढ्ने वित्तिकै सबै समस्याहरुको समाधान हुने निश्चित छ तर सबै विधि छोडी बोल्ने एउटा गर्ने अर्को गर्न थालियो भने आ-आफुमै अविश्वास पैदा हुन् जान्छ, मनमुटाव पनि बढ्दै जान्छ , अनि पार्टी चोइटिन पनि सक्छ । यदी सबैलाई नै यो पार्टी, नेता, कार्यकर्ताहरुको माया छ भने सबैखाले आ–आफ्ना निहित स्वार्थहरुलाई परित्याग गरि आ–आफ्ना रिस,राग, कुण्ठा, दम्भहरुलाई त्यागेर अगाडी बढ्ने वितिकै सबै समस्याको समाधान तपाईहरुसंगै छ तर “मेरा गोरुको बाह्रै टक्का” भनि एउटै रटान लगाइरहने हो भने यो पार्टीको भविष्य भने अन्धकार तर्फ जाने निश्चित   छ ।

लक्ष्मीपुजाको पुर्वसन्ध्यामा नेकपा को सचिवालय बैठक बस्न गैरहेको छ । यो पार्टीभित्र देखिएको कठिन घडीमा हाम्रा सम्पूर्ण नेताज्युहरुको धैर्य धारण गर्न सक्ने क्षमता साथै पार्टी र कार्यकर्ताहरुको मनोबल उच्च राख्नसक्ने गरिको पार्टी निर्णय, पुरा सुझबुझका साथ सबै खाले कु-भावनाको परित्याग गरि, सकारात्मक सोचको विकासलाई अघि बढाऊदै पार्टीलाई एकढिक्का बनाएर अगाडी बढाउन सफलता प्राप्त होस् भनि सिँगो पार्टी, नेतृत्व, नेता, कार्यकर्ता, सुभेच्छुक, सुभचिन्तक र आमा, बुबा, दाजु, भाई, दिदिबहिनिहरुमा २०७७ सालको शुभ-दिपावलीको 

शुभकामना –शुभकामना–शुभकामना – ह्याप्पी –ह्याप्पी !

सम्बन्धित समाचार

Advertisement