नेपाल कम्युनिस्ट पार्टी(नेकपा )मा भएको आरोप, प्रत्यारोप पत्र भित्र भएको दम्भ, अहंकार र कुण्ठा

अनलाइन दर्पण 2020-11-30
img

काठमाडौ ,मङ्सिर -१५/सुरेश प्रसाद निरौला आरोप पत्र र जवाफी पत्र भित्रको दम्म, अंहकार र कुण्ठा -

१)  आदर्णिय नेकपाका दुइ अध्यक्ष कमरेडहरु दुबै जनालाई यो मेरो हार्दिक अभिवादन, म आफनो कुरा कहाँ बाट सुरु गरौ आफै अलमल्लमा परेको छु । हाम्रो पार्टी मित्र कसैले चाहेर वा नचाहेर बिधान, विघि, पद्धती भित्र वा बाहिर गएर ठिक वा बेठिक जे गरेर भए पनि दुबै अध्यक्ष कमरेडहरुले बाहिर ल्याउनु भएका सबाल जवाफहरु हेर्न र पढ्न पनि पाइयो । के यि दुबै सवाल जवाफहरु हाम्रै नेकपाका दुई अध्यक्षहरुले नै लेख्नु भएको हो त ? कि दुबै अध्यक्षहरुका नाममा नेकपाकै दोश्रो पुस्ताका नेताहरुको हर्कत हो यो ? आखिर जे होस् तर यदि यसमा दोश्रो पुस्ताका नेताहरु पनि संलग्न हुनु हुन्छ भने "हुने विरुवाको चिल्लोपात - नहुने बिरुवाको फुस्रो पात" भने झै उहाँहरुको पनि अब हैसियत भने देखियो होइन र ? 

२)   आदरणीय कमरेडहरु हो दुवै जनाले पहिलेनै यो एकतामा हात हाल्नु हुन्थियो कि हुँदैन थियो यो आ–आफुले जान्ने कुरा हो, तर आज आएर त राम्रो कि म राम्रो ? त ठिक कि म ठिक ? त योग्य की म योग्य ? तैले गरिस कि मैले गरे ? मैले खाए की तैले खाइस् ? तेरो पार्टी राम्रो कि मेरो पार्टी राम्रो ? अब यस्ता आरोप प्रत्यारोपहरुको कुनै अर्थ छ र कमरेडहरु हो ? यो त खाली जग हसाउने काम भएन र ? अनि सर्पले सर्पकै खुट्टा देख्छ रे भने झै पनि भएन र यो ?

पार्टीहरुको एंकीकरण कार्यको शुरु गर्नु भन्दा पहिले नै हाम्रो कम्यूनिष्ट पार्टी मित्र रहेको बिधमान - विधि, विधान, पद्धती–प्रकृया, निती–कार्यक्रमहरुलाई आत्मासाथ गरी त्यसैको दायरा मित्र रही पार्टी एकताको सुरुवात गरीएको भए सायद यो पार्टी एकीकरण हुन ३ वर्ष लाग्दैन थियो होला , तर यि सबै खाले प्रोसेस प्रकृयाहरुलाई पन्छाएर कुनै अध्यारो कोठा भित्र, नेतृत्व, नेताहरुलाई पनि सहभागी नगरी केही नेताहरुको अतृप्त आंकक्षा, निहीत स्वार्थ भित्र रही गर्न खोजीएको एकताको अन्तमा आ–आफना खाले स्वार्थ सिद्ध हुन नसक्ने बित्तीकै यि गलत हरकतहरु बाहिरै छरपस्ट हुनु स्वभाविकै हो जस्तो मलाई लाग्छ ।

३)   कुरा सुन्दै पनि म आफैलाई लाज लागेर आयो यो तह र तप्काका नेतृत्वहरुले यति तल झरेर एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नु नेकपाकै र हामी सबै नेता, कार्यकर्ता, सुभेक्षुक–शुभचिन्तक, वा आम नेपाली जनताहरुकै र्दुभाग्य हो जस्तो मलाई लाग्छ । के यि सबै उठाइएका कुराहरुले हाम्रो उचाइ बढेको हो ? के हामी सबैको शिर ठाडो भएको छ ? अनि हाम्रो नेतृत्वले गरेका कार्यहरु ठिक हुन त् ? हाम्रो कम्युनिष्ट पार्टीको हैसियत अब यहि ठाउँमा आइपुगेको हो त् ?

यदि होइन भने यो बेला "टिट फर टयाट" गर्ने बेला हो जस्तो मलाई त लाग्दैन । तर म एउटा कुरामा भने प्रष्ट छु त्यो के भने हिजो माओबादी पार्टी युद्धबाट मार-काट , लुट–पाट, हात–हतियार, सेनासहित, अंहकार, दभ्भ, घमण्डले ओत प्रोत रहेको बेला हाम्रो पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, अनि यो देशका बुद्धिजिबि, समाज सेवि, नेता, कार्यकर्ता, उद्योगपति, व्यापारी साथै आम नेपाली जनताहरुको सुझाव, सपोट, सहयोग र राष्ट्रिय - अन्तराष्ट्रिय दबाबका कारण पनि उहाँहरु शान्ति प्रकृयामा आउन बाध्य हुनु भएको हो होइन र ?

त्यसपछि उहाँहरु दुई दुई पटक सरकारमा पनि पुग्नु भयो, कहिले प्रधानमंत्री क.प्रचण्ड त कहिले क. बाबुराम भट्टराई होइन र ? अनि उहाँहरुको कार्यकालमा उहाँहरुले नेकपा एमाले वा देश र जनताहरुका लागि के कस्ता खाले हर्कतहरु गर्नु भयो ? के यि सबै कुराहरु एमालेका नेतृत्व, नेता, कार्यकर्ताहरुलाई अवगत थिएन र ? अनि पार्टी एकताको लागि जोड भने कसले लगायो त् ? जब हामी सबैलाई उहाँहरु अयोग्य, असक्षम, काटमार, लुटपाट, धंग-धंगी, दम्भ, अहंकारि, साथै उहाहरुको कमिटि प्रणाली पनि फरक र बेठिक छ भन्ने कुरा त्यो पार्टी एकतामा जोड दिनु भन्दा पहिले नै एमाले नेतृत्व, नेता वा कार्यकर्ताहरुलाई थाहा थिएन र ?

४)    तसर्थ दुबैलाई आ-आफ्नो पार्टी भित्रको स्ट्रेन्थ, नीति, कार्यक्रम, अनि नेता कार्यकर्ताहरुको त्याग-तपस्या, बलिदानी, योग्यता, क्षमता नबुझी नजानी सतही हुल्लठ बाजिका साथ पार्टी एकिकरण गर्न खोजिएको हो भने अब दुवै पक्षका अध्क्षय कमरेडहरु एक ठाउँमा बसी संबाद, सहमति र सहकार्यका साथ हामीहरु दुवै बाट यो पार्टी एकताका क्रममा ठुलो भुल हुन् गयो ,गर्ने नगर्ने सबै कार्यहरु गरियो तसर्थ अब हामीहरु आ-आफ्ना गुडमा गएर बसौ भनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक साथै आम नेपाली समुदायहरुको अगाडी हामीहरुलाई आम माफी दिनुहोस भनि भन्न सक्नु पनि पर्यो र गर्नु पनि पर्यो I यदि एस्तो होइन भने सबै कुरा एक अर्कोमा बुझ-बुझारथ भएर नै एकताको प्रयास गरीएको हो भने उल्लेखित आरोप – प्रत्यारोपहरु तुरन्तै सबैले बन्द गर्नुपर्यो I 

हिजो सम्म दुवै अधक्ष्यहरुको कुरा मिल्दा र मिलुन्जेल सबै कुराहरु राम्रा भए अरु नेतृत्व, नेता, कार्यकर्ताहरुको आवस्यकता पनि परेन, सके जति सिंग, जुरो पनि फुकालियो, गर्नु पर्ने वा नगर्नुपर्ने कार्यहरु पनि भए होलान, अनि दुवै जनालाई यस कुराको कुनै हेक्का पनि रहेन I मानौ एउटा कमुनिस्ट पार्टी भित्र दुइ जना महाराजहरु हुनुहुन्छ , उहाहरु नै पार्टीको सर्बे सर्बा हो, उहाहरुले बोलेको बोलि नै पार्टी बिधान हो, उहाहरुको हेराई नै पार्टी बिधि हो, उहाहरुको गराईनै पार्टी पद्ती हो भनि त्यहि अनुसार नै पार्टी र सरकार हालसम्म चलेको वा चलाईएको होइन र ? अनि आज आएर कसको कहाँ के मा चित्त बुझेन अनि दुबैले आ-आफ्नो सुनिएको जीउलाई मोटाएको ठानी भ्रममा परि छरपस्ट बिस्कुन फिजाउन मिल्छ र ? हरे यो कस्तो बिडम्बना हो हाम्रो कमुनिस्ट पार्टी भित्रको ?

५)    अब हामी सबै नेता, कार्यकर्ताहरुले दुवै अध्यक्षहरुका लेखहरुलाई हाम्रो पार्टी भित्रको कार्यक्रम, कार्यनीति, पार्टी निर्देशन हो भनि अब बुझ्दा भयो त् ? अब यसैलाई पार्टीको अध्ययन-अध्यापनको सामाग्री हो भनि कार्यकर्ताहरु बीच प्रशिक्षणको सामग्री बनाउदा हुन्छ त् ? तसर्थ सबै कुराहरुमा म अरु भन्दा फरक छु भन्नलाई बोलेर होइन आफुले गर्ने ब्यबहारमा गरेर देखाउदा राम्रो हुन्थियो कि त ? 

हाम्रो पार्टीमा पार्टी भन्दा माथि कोहि पनि छैन र हुदैन पनि, पार्टी नै हाम्रो सर्बोपरी हो I पार्टीकै मिटिंग, भेलामा आफुहरुलाई चित्त नबुझेका कुराहरु पार्टीको बिधान, बिधि भित्र रही उठाउन भने सकिन्छ तर आरोप-प्रत्यारोपमा उठाईएका बिसयहरु प्रमाणित गर्न भने सक्नु पर्छ I यदी सकिएन भने पार्टीको बिधान, बिधि अनुरुप सजायको भागीदार पनि हुनु पर्ने हुन्छ I मलाई लागेको एउटा कुरा पार्टीको बिधान, बिधि, पद्ती र बैठकले गरेका  निर्णयहरूलाई दुवै अध्यक्षहरुले अक्षेरस पालनगरि ब्यबहारमा पनि उतार्ने हो भने पद छोड्नुपर्ने, राजिनामा गर्नु पर्ने जस्ता कुराहरु नआउनु पर्ने हो र आउदैन पनि जस्तो मलाई लाग्छ I देश रहे पार्टी रहन्छ, पार्टी रहे हामी रहन्छौ, हामीहरु रहे फेरी बहुमत आउन सक्ला, अन्यथा यसले के भनो भने झैँ लाग्न सक्छ, अब कमुनिस्ट पार्टीको दुई तिहाई र प्रधानमन्त्री बन्ने कुरा सपनामा मात्र सिमित नहोला भने भन्न सकिन्न I अनि कमुनिस्ट पार्टी र सरकारको कुरा अब आउने पिडीहरुले इतिहासका पानाहरुमा मात्रै देख्न र पढ्न पाउनेछन् होला I यी सबै कुराहरु हाम्रै पार्टी भित्र लेखीएका, देखिएका, सुनीएका, भनिएका र गरिएका कुराहरुले नै यी सब हुन् गएको हो जस्तो मलाई लाग्छ I त्यसैले होला आज नेपालका सडकहरुमा "राजा आउ देश बचाऊ " भन्दै नारा, जुलुस निस्कन थालेका छन् I यो देशमा को आउला को नआउला त्यो कुरा भने मलाई थाहा भएन तर यी सबै खाले हर्कतहरुले भने हाम्रो पार्टी भित्रको आरोप-प्रत्यारोप, दम्भ, अहंकार, कुण्ठाको कारणले चै आज जनताहरु गणतन्त्रको बिकल्पको खोजीमा छन् कि जस्तो मलाई लाग्दछ I अब अझै पनि हामी सबैको चेत समयमै खुलेन भने कतै ढिला हुन्छ कि ? हामी सबैमा चेतना भया !    अस्तु      

Related Post

Advertisement