यि हुन् क्षेत्रफल र जनसंख्याका हिसाबले विश्वका १० साना देशहरु

अनलाइन दर्पण 2019-09-03
img

पृथ्वीमा साना ठूला गरि हालकाे अवस्थामा १९५ वटा देशहरु छन् । यसमध्ये १९३ देश संयुक्त राष्ट्र संघमा सदश्य रहेकाछन । दुइ देशहरू द हाेली सी र द स्टेट अफ प्यालेष्टाइन अवजर्भर राष्ट्र रहेकाछन ।

यीनै राष्ट्रहरू मध्ये कुनै अरबौंको जनसंख्या भएको विशाल मूलुक छन् भने कुनै एकदमै थोरै जनसंख्या र क्षेत्रफल भएका देशहरु पनि छन् । उल्लेखनिय कुरा के छ भने ती साना देशहरु निकै धनि पनि रहेका छन् ।

क्षेत्रफल र जनसंख्याको हिसावले अत्यन्तै साना १० देशहरुः

१. भेटिकन सिटीः

यो देश संसारकै सबैभन्दा सानो देशको रुपमा रहेको छ । यहाँको जनसंख्या मात्र १००० (विश्व वैंक – २०१७) जना रहेकोछ । देशको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर रहेकोछ । सुन्दर देश भएका कारण पर्यटन व्यवसायबाट यहाँका मानिसहरुले आफ्नो जीवन गुजारा गरिरहेका छन् । यूराेपमा अवस्थित याे देशकाे मुद्रा यूराे हाे भने इटलीकाे राेम शहरले घेरिएकाे छ ।

२. मोनाको

मोनाको भन्ने देश यूरोपमा पर्दछ । समून्द्री तटमा अवस्थित यो देशमा २० वर्षदेखि लगातार घट्दो क्रम जारी छ । यस देशलाई समन्द्री छालले गर्दा यसको क्षेत्रफल घटेर २.०२ वर्ग किलोमिटरमा घुम्चिएको हो । तर पर्यटन आगमनको दृष्टिकोणले यो देश निकै नै आर्कषक गन्तव्य मध्य एक पर्दछ । विश्व वैंकले सन २०१७ मा गरेकाे गणना अनुसार माेनाकाेकाे जनसंख्या ३८,६९५ छ भने मुद्रा यूराे हाे ।

३. नौरु

पृथ्वीको तेस्रो सानो देश हो यो । अाेशेनिया सागरकाे किनारमा रहेकाे नाैरूकाे जनसंख्या १३,६४९ ( विश्व वैंक – २०१७) जना रहेकाे छ । यसको क्षेत्रफल २१.३ वर्गकिलोमिटर मात्र छ । यो देशमा कुनैपनि प्रकारको सेना पुलिस छैन । नाैरूकाे मुद्रा अष्ट्रेलियन डलर हाे ।

 

४. तुभालुः

यो पृथ्वीको सबैभन्दा चौथो सानो देश हो । तुभालुकाे जनसंख्या ११,१९२ जना (सन २०१७) रहेकाे छ भने अष्ट्रेलियन डलर र तुभालियन डलर अाधिकारिक मुद्रा हुन । यो देश २६ वर्ग किलोमिटरमा फैलिएको छ । सन् १९७८ मा यो देश ब्रिटेनबाट स्वतन्त्र भएको थियो ।

५. सैन मैरिनो

यो संसारको पाँचौ सानो देश हो । ६१ वर्गकिलोमिटरमा फैलिएको यो देश ई.स. ३०१ मा पत्ता लागेको हो । यस देशलाई दुनियाँका प्राचीन देशहरु मध्ये एक देश मानिन्छ । यस देशकाे जनसंख्या ३३,४०० (सन २०१७) रहेकाे छ । याे देशलाइ इटलीले घेरेकाे छ, तसर्थ भाषा पनि इटालियन नै बाेलिन्छ । यूराे याे देशकाे मुद्रा हाे ।

६. लिचेस्टीन

यूरोपमा अवस्थित यो देश स्विजरल्याण्ड र अस्ट्रेलियाको बीचमा पर्छ । यो संसारको छैठौं सानो देश हो । यसको क्षेत्रफल १६०.४ वर्ग किलोमिटर छ । स्वीस फ्रैक यस देशकाे मुद्र हाे । सन २०१७ काे गणना अनुसार यस देशकाे जनसंख्या ३७,८१० जना देखिएकाे छ ।

७. सेन्ट किट्स एण्ड नेविस

यो संसारको सातौं सानो देश हो । सेन्ट किट्स र नेविस दुइ टापू मिलेर याे देश बनेकाे छ । यो देशको क्षेत्रफल २६१ किलोमिटर मात्र छ । पूर्वि क्यारवियन सागरको बीचमा अवस्थित यो देशको मुख्य आयश्रोत पर्यटन व्यवसाय हो । करीव ४० हजार जनसंख्या रहेकाे यस देशमा ९८ प्रतिशत अफ्रिकन मूलमा वासिन्दा बसाेबास गर्दछन । क्यारेवियन डलर यहांकाे प्रचलित मुद्रा हाे ।

८. माल्दीप्स

हिन्द महासागर स्थित माल्दीप्स संसारको आठौं सानो देश हो । क्षेत्रफलको हिसावले यो देशको कुल क्षेत्रफल २९८ वर्गकिलोमिटर रहेको छ । इस्लामिक धर्म मान्ने माल्दीप्समा सबैजसाे माल्दिभियन बसाेबास गर्दछन । यस देशकाे जनसंख्या ४,३६,३३० (सन २०१७, विश्व वैंक) रहेकाे छ । माल्देभियन रूफिया यस देशकाे मुद्रा हाे । यो देशको पनि मुख्य आयश्रोत पर्यटन नै हो ।

९. माल्टाः

यो देश क्षेत्रफलको हिसावले नवौं सानो देश हो । माल्टा मेडिटरिइन सि काे किनारामा अवस्थित छ । यूराे यस देशकाे मु्द्रा हाे भने इटालियन सरकारी भाषा । माल्टाकाे जनसंख्या ४,६०,२९२ छ भने यसको क्षेत्रफल ३१६ वर्गकिलोमिटर मात्र रहेको छ ।

१०. ग्रेनेडाः

यो देशको क्षेत्रफल ३४४ वर्ग किलोमिटर मात्र रहेको छ । यो देश अमेरिकाबाट अलग भएर १९८६ मा अस्तित्वमा आएको थियो । तर यो देशको सम्पूर्ण सुरक्षाको जिम्मेवारी भने अमेरिकाको रहेको छ । सन २०१६ काे गणना अनुसार १,०७,३१७ जना बसाेबास गर्दछन जसमध्ये करीव ८२ प्रतिशत अफ्रिकी मूलका छन । भाषा अग्रेजी हाे भने क्यारवियन डलर देशकाे मुद्रा हाे ।

सम्बन्धित समाचार

Advertisement