निर्वाचन आचार संहिता विपरित प्रचार प्रसार

अनलाइन दर्पण 2022-11-10
img

नेकपा एमालेले भक्तपुरमा व्यापक निर्वाचन आचार संहिता उलंघन गरेको छ ।

सूर्यविनायक नगरपालिका गुण्डुमा बुधवार घरदैलो गर्ने क्रममा सार्वजनिक सडकमा निर्वाचन चिन्हको चित्र कोरेर निर्वाचन आचार संहिता विपरित निर्वाचन आचार संहिता२०७९ को परिच्छेद ४ को राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।

दलहरुले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ । एमालेले गुण्डुमा घरदैलो गर्ने क्रममा सार्वजनिक सडकमा निर्वाचन चिन्ह सूर्यको चित्र कोरेर प्रचार प्रसार गरेको पाईएको हो ।

सम्बन्धित समाचार

Advertisement