माधब नेपालको क्षेत्र काठमाडौ दुइ, कागेस्वरी -मनोहरा नपा वडा ८ कमिटीको बृहत शुभकामना आदन-प्रदान एबम कार्यलय उदघाटन कार्यक्रम

अनलाइन दर्पण 2021-11-06
img

  सन्तोष दाहाल

कार्तिक १८,काठमाडौ कागेस्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा नेकपा(एकीकृत समाजबादी ) को   नेपाल सम्बत ११४२,शुभ दिपावली र छठको उपलक्ष्यमा शुभकामना आदन प्रदान एबम कार्यलय उदघाटन समारोहको आयोजना गरेको छन ।उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा (एकीकृत समाजबादी)को केन्द्रिय अध्यक्ष एबम यसै क्षेत्रको सभासद माधब कुमार नेपाल रहनु भएको थियो ।कार्यक्रममा अतिथिहरु पोलिटब्युरो सदस्य टहल बहादुर खडका ,जिल्ला अध्यक्ष बसन्त मानन्धर ,केन्द्रिय अनुसासन आयोग सदस्य एबम कागेस्वरी मनोहरा नगरपालिकाको मेयर कृष्ण हरि थापा र जिल्ला तह र क्षेत्रको नेताहरुको उपस्थितमा करिब  १००० जना जनसमुदायको उपस्थिति रहेको थियोे ।कार्यक्रममा माओवादी ,काग्रेस र एमाले परित्याग गरेर ४१ जना प्रबेश गरेका छन भने प्रवेश कार्यक्रमको संयोजन जिल्ला सदस्य एबम कागेस्वरी नगरका युवा नेता गोपि कृष्ण रिजालले गर्नु भएको थियो ।उक्त कार्यक्रममा रिजालले पुरानो स्थानिय जनप्रतिनिधि र सर्बसाधरण( एकीकृत समाजबादी )मै रहेको बताउनु भयो ।यस्तै मेयर कृष्ण हरि थापाले नगरको बिकास उल्लेख्य रुपमा भएको बताउनु भयो ।कार्यक्रममा जिल्ला नेता बसन्त मानन्धरले पनि मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमका प्रमुख बक्ता माधब नेपालले यो क्षेत्रको बिकासका लागि आफुले गरेको र अब गर्न पर्ने कामहरु कसरी ब्यबस्थित गर्न सकिन्छ त्यस्को योजना बनाउन मातहतका कमिटी र नगरपालिकालाई आग्रह गर्नु भयो र राजनीति र समाज परिबर्तनको आफ्नै एउटा रेखा रहेको सहि र गलत पहिचान गरि जनतालाई अगाडि बढन आग्रह गर्नु भयो ।कार्यक्रमको अध्यक्षता बालमुकुन्द दाहालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन राम पुडासैनीले  गर्नु भएको थियो त्यस्तै कार्यक्रमको समग्र ब्यबस्थापन कुशलताका साथ युवा संघको केन्द्रिय सदस्य एबम क्षेत्रका कार्यलय सचीव सन्तोष दाहालले गर्नु भएको थियो ।कार्यक्रम को समापन पछी महिला नेतृ अनुपा दाहालको नेतृत्वमा कार्यक्रम स्थल सरसफाइ गरिएको थियो ।

सम्बन्धित समाचार

Advertisement