सामाजिक अभियन्ता लबराम दाहाल नेपाली काग्रेस काठमाडौ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेद्बारी घोषणा

अनलाइन दर्पण 2021-11-21
img

  पुस्प दाहाल

मङ्सिर ५;काठमाडौ  नेपाली काग्रेस को हुन लागी रहेको १४ औ महाधिवेशनका लागि कागेस्वरी मनोहरा ८ का समाजसेबी एबम नेपाली काग्रेसका युवा नेता लबराम दाहालले महाधिवेशन प्रतिनिधिको लागि उमेदवार घोषणा गर्नु भएको छ।दाहाल पार्टी निर्माणको लागि अहोरात्र लागिपर्ने र पार्टीको निति र निर्देशनलाई आफ्नो ब्यक्तिगत जीवन भन्दा माथी राखेर सोच्ने नेताको रुपमा परिचीत छन।कृष्ण प्रसाद भट्टराईको निर्बाचनमा भट्टराई सग जनताको घर-घरमा पुग्ने पुरानो नेता रुपमा परिचित एबम हरिबोल भट्टराई ,लोकेस ढकाल ,प्रतिमा गौतम ,दिपक कुइकेल र स्थानिय निर्बाचनमा उपेन्द्र कार्की सग निर्बाचनमा सगै लाग्ने जुझारु ,मिलनसार र सामाजिक दाइत्व बोध गर्ने नेताको मानिन्छन ।हाल पार्टीको केन्द्रिय जनसम्पर्क समिती सदस्य र नेपाली काग्रेस काठमाडौ जिल्ला समिती सदस्य रहेका दाहालले काठमाडौ निर्बाचन क्षेत्र २ मा काग्रेस पार्टी निर्माण गर्न उल्लेखनिय भुमिका रहेको काग्रेस नेता उपेन्द्र कार्की बताउछन ।त्यस्तै सामाजिक काममा काठमाडौ २ को नाग्लेभारे पटाप देखि महानगरको ३२ र ९ सम्म सम्मान सहयोग गर्ने ,सामाजिक भबन निर्माण लगाएत विभिन्न सघ सस्थामा रहेर आर्थिक ,नैतिक र भौतिक सहयोग गर्ने गरेको काग्रेसका नगर सभापति उद्दब दाहाल बताउछन ।उदब दाहालका अनुसार हाल सम्म पार्टी र समाजलाइ अप्रत्यक्ष रुपमा सहयोग गरेको अबको समय पार्टीलाई दिनको लागि महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिएको दाहाल बताउछन ।यस्तै पार्टीलाई युवा, बृद, व्यावसायि,बौद्धिक जमात सबैलाई समेटेर लानको लागि मेरो उम्मेद्बारी रहेकाले सबै प्रतिनिधिहरु लाई सहयोगको आवहान गरेको दाहाल बताउछन ।

सम्बन्धित समाचार

Advertisement