१९ औ बुद्धिमान स्मृति सभा तुलसीलाल भबन च्यासलमा

अनलाइन दर्पण 2021-12-01
img

  सन्तोष खड्का

मंसिर ;१५ काठमाडौ  १९ बुद्धिमान पाखरिन स्मृति सभा तुलसीलाल स्मृति प्रतिस्ठानको कार्यलय ,च्यासल मा भएको थियो ।कार्यक्रम बुद्धिमान स्मृति प्रतिस्ठान र नेकपा(एमाले )दोलखा -काठमाडौ सम्पर्क मन्चको आयोजनामा भएको थियो ।उक्त कार्यक्रमको सभापतित्व स्व. बुदिमानको श्रीमती नेकपा(एमाले )केन्द्रिय लेखा आयोग सदस्य सान्ती माया तामाङको सभापतित्वमा भएको थियो ।उक्त कार्यक्रममा नेकपा(एमाले) दसौ राष्ट्रिय महाधिवेशन बाट निर्बाचित केन्द्रिय सदस्य पार्बत गुरुङ ,आनन्द पोख्रेल ,रचना खड्का ,सरस्वती बस्नेत लगाएत दोलखाको नेताहरु लाल कुमार केसि ,श्याम बस्नेत ,वसन्त राज कार्की ,राम प्रसाद रिमाल, अनेरास्ववियु केन्द्रिय उप - महासचिव सुदर्शन शिवाकोटी ,युवा संघ केन्द्रिय उप अध्यक्ष उर्मिला सुनुवार लगाएत नेताको उपस्तिथि रहेको थियो ।उक्त श्रद्धाञ्जली सभामा नेकपा (एमाले )जिल्ला कमिटी सचीव नरबहादुर श्रेष्ठ ,वसन्त राज कार्की ,श्याम बस्नेत ,लालकुमार केसी ,सरस्वती बस्नेत लगाएत नेताले श्रदासुमन ब्यक्त गर्नु भएको थियो ।कार्यक्रममा बिशेश अतिथी पार्बत गुरुङले बुद्धिमान को हत्या जनताको सेवा गर्दा जनमन बसेको नेतालाई हत्या गरे  पछि डर त्रास उत्पन्न गरेर जनयुद्ध लाई मलजल गर्न सहयोग पुग्ने हेतुले गर्नु भयो त्यस्ले जनता ,पार्टी र रास्ट्रले ठूलो क्षति ब्यहोर्नु परेको बताउनु भयो ।त्यस्तै कार्यक्रमको विशेष अतिथि आनन्द पोख्रेलले बुदिमानको उज्यालो दोलखा अभियानका अभियान्ता लघु जलविद्युत जनताको लगानी जनताका लागि उत्पादन र प्रयोग भने अभियानका बिरोधि त्यसबेलाका राज्य बाट घोषणा भएका आतंककारी माओवादीले गरेर दोलखाका जनता र बिशेश गरेर ठुलो पातलका जनताले ठुलो क्षति ब्यहोर्नु परेको बताउनु भयो ।उक्त कार्यक्रमको सभापति सान्ती तामाङ भाबबिहोल हुँदै परिवारले एउटा अभिभावक गुमाउनु भन्दा पनि दोलखाले एउटा असल नेता गुमाउएको हाल सम्म उहाँकै मार्गनिर्देशन बाट हिड्न प्रेरणा मिलेको बताउनु भयो ।कार्यक्रममा धन्यवाद ज्ञापन सम्पर्क मंचको अध्यक्ष गणेश शिवाकोटीले व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Advertisement