सुशील कार्की
दोलखा ,बैशाख २२ दोलाखाको भिमेस्वर नगरपालिकामा सता गठबन्धन र एमालेका उमेदवार हरुले घर दैलो कार्यक्रम तिब्रताका साथ अगाडि बढाइ रहेका छन ।गठबन्धनको तर्फ बाट नेपाली काग्रेस का नेता इस्वर मानन्धर लाई अगाडि सार्दा एमाले ले दोलखा भिमेस्वर नगरपालिका मै बसेर बिध्यार्थी राजनीति गरेका पार्टी राजनीति लाई पनि त्यही बसेर जिल्ला कमिटीको बरिस्ठ नेता र वडा अध्यक्ष हरिबस चौलागाईं लाई मेयर मा अगाडि सारेको छ । आज भिमेस्वर नगरपालिका वडा नम्बर ९ मा बृहत जनसभा गरेको छ ।कार्यक्रममा नेकपा (एमाले )को पोलिट्ब्युरो सदस्य पार्बत गुरुङको प्रमुख आतिथ्यमा सभा भएको थियो ।कार्यक्रममा केन्द्रिय सदस्य रचना खड्का ,नगर पालिका को मेयर भरत के सि ,मेयर को उमेदवार हरिबस चौलागाईं लगाएतको उपस्थितिमा भेला भएको थियो ।
कार्यक्रममा रचना खड्काले भिमेस्वर नगरपालिकाको बृहतर बिकासका लागि र प्रगतिशिल सोच र परिवर्तनका लागि पार्टीले युवा नेतृत्व लाई मेयरको उमेदवार बनाएको उहालाइ जिताउन गाउका सम्पुर्ण जनसमुदाय लाग्नु पर्ने बताउनु भयो ।त्यस्तै मेयर भरत के सि ले कतिपय जनहित्तको लागि गरिने र गर्न बाकी कामहरु कामहरु युवा नेतृत्व हरिबश चौलागाईंको कार्यकालमा सम्पन्न गर्नका लागि पनि जिताउन पर्ने बताउनु भयो ।त्यस्तै प्रमुख अतिथी पार्बत गुरुङले जनताको छोरो सम्पुर्ण दोलखा भुगोललाइ बुझेको र बिशेष भिमेस्वरलाई आफ्नो कार्य क्षेत्र बनाइ काम गरि सफल वडा अध्यक्ष समेत रहेका हरिबसको प्रतिस्पर्धा कसै सग नहुने बताउनु भयो । त्यस्तै मेयरको उमेदवार हरिबसले समुर्ण समुदायको भावना बुझेर काम गर्ने र काम गर्ने क्रममा पार्टीको घोषणा पत्र र अन्य बैचारिक समुहलाइ पनि सम्बोधन गरि अगाडि बढने बताउनु भयो ।