सुरेश प्रसाद निरौला
काठमाडौ ,जेष्ठ २७अव जे होस् – पार्टीभित्र गर्नेले गरीसके, देखाउनेले–देखाईसके, देख्नेले – देखीसके, अव अरु देख्न देखाउन र गर्न केही बाँकी छ होला जस्तो मलाई लाग्दैन तर कम्युनिष्ट पार्टीको ईतिहासलाई हेर्ने हो भने पार्टीहरुमा अझ कम्युनिष्टपार्टीहरुको टुट, फुट, गुट र जुटको शिलशिला भने अझ हेर्न लायकको नै देखिन्छ । तसर्थ आज फुटे अव भोली जुट्दैनन् भन्नु चाही मुखर्ता हुने छ , किनभने जसरी फुट्छन् त्यसैगरी जुट्छन् पनि । सग्लो र विवाद मुक्तको पार्टी परिकल्पना गर्नु आफैमा आत्मा सन्तुष्टी लिनु मात्र हो । त्यहाँ गुट बनी हाल्छ, एैजेरु पलाई हाल्छ, एैजेरु झाँगिएपछि त्यो बौलाईहाल्छ अनि बौलाएपछि टुट–फुटमा परिणत भईहाल्छ, त्यसैले समय र परिस्थति अनुसार पार्टीलाई संचालन गर्न जान्नु पनि पर्छ अनी त्यसै अनुरुप चलाउनु पनि पर्छ किनभने यो हिजोको जस्तो ढुङ्गे युग होईन ।
त्यसर्थ मेरा कुराहरु पार्टी भित्रका केही कम्युनिष्ट नामका कलंकहरु, गुटे, कुरौटे, भरौटे, हुक्के, चिलिमे, चम्चे आदीलाई भने नपच्न पनि सक्छ तर पनि एमालेले बर्तमान पार्टी स्थितिको भने निकास दिन सक्नु पर्छ । एउटा उखान छ नी मौकामा हिरा पनि फोर्नुपर्छ भनेजस्तै हो ।
स्वर्गिय जननेता कमरेड मदन कुमार भण्डारीले तत्कालिन अवस्थामा त्यो जोखिम लिएर “जवज” नामक नीति कार्यक्रमिक दस्तावेजलाई अघि नसार्नु भएको भए अहिले पनि नेकपा एमाले अरु कम्युनिष्ट पार्टीहरु जस्तै “क” लाई नै समाएर बस्ने थियो होला तर दुर्भाग्य बस उहाँको हत्या गरियो र पनि नेकपा एमाले भने यो उचाइमा पुग्न सफल भयो । त्यसैले सबै नेताहरु मदन भण्डारी हुन सक्दैनन् , मदन भण्डारी हुन ठुलो छाती र दह्रो मुटु पनि हुनु पर्दछ । कोइवात छैन बहस, छलफल, चर्चा–परिचर्चाहरु कुनै राजनितिक फोरमहरुमा नै गरौँला हाल देखिएका केही घटना परिघटना जस्तै – कति सही कति गलत आ–आफैँ मुल्याङ्कन गरौँ हामीहरु एउटा कम्युनिष्ट पार्टीका सच्चा सदस्य र हाम्रा स्व.पूर्वजहरु क. पुष्पलाल, क. मदन भण्डारी, क. जीवराज आश्रित र क.मनमोहनका कार्यकर्ता र अनुयायी हौ भने हामीहरु कांग्रेस, राप्रपा, परिवार दल, महन्त ठाकुर, कमल थापा, सिके राउत जस्तालाई समाएर बैतरणी तर्न सकिन्छ होला जस्तो मलाई चाही लाग्दैन, यो एउटा कम्युनिष्ट पार्टीहरु भित्रको बिचलन चाही पक्कै हो । उहि कसैले कसैलाइ देखाउन दुइचारसिट जितने र दुइचारसिट हारने मात्र हो तर यो निकास होइन यसले पार्टी लाई पचास बर्स पछि लग्नेछ |
आखिर नेकपा एमालेकै केन्द्र देखी स्थानिय तहसम्म बहुमत हुँदा पनि ति सरकारहरुलाई टिकाउन सकिएन किनभने त्यहां नितान्त व्यक्तिहरु बीचको आ-आफ्ना दम्भ, घमण्ड, कुण्ठा, तुस र अहंकारले गर्दा पनि हो, अनि एकले अर्कोलाई स्वीकार गर्न नसक्नु, घरमुलीले दह्रो खुट्टा टेक्न नसक्नु, सबैलाई एउटै परिवारको सदस्य हुन् भनि त्यो खाले बर-व्यवहार देखाउन नसक्नु, राम्रालाई होइन–हाम्रालाई च्याप्नु, गुट मौलाउनु, आदी आदी नै मुल कारण हुन जस्तो मलाई लाग्छ । पछि पछि त धैरै कुराहरु जोडीएर आए होलान् तर जे होस् म त्यता तिर छिर्न चाहिन । अव यि सब कुराहरु सम्झिएर पछुताउनु बाहेक अरु केही हुदैन, अहिले पनि समय छ आंखा खोलौ सम्यमीत हौँ र निकास दिउ, त्यो निकास भनेको मेरो विचारमा त्यो के हो भने मैले कसैको मान मर्दन गर्न खोजेको होईन, मैले सार्वजनिक सामाजिक संजालहरुमा लेख्न, बोल्न मिल्छ की मिल्दैन मलाई थाहा छैन तर पनि मैले केही धारणाहरु पस्कने प्रयास मात्र गरेको हु जस्तै :–
एक महिला ,पूर्व पार्टी उपाध्यक्ष, पूर्व मन्त्री, महिला मुक्ति आन्दोलनकी एक धरोहर नेत्री, बर्तमान महामहिम राष्ट्रपती साथै जवजका प्रणेता मदन कुमार भण्डारीसंग सामिप्यतामा रहनु भएकी उहाँको जिवन संगिनि बिद्या भण्डारी पहिलो र त्यसैगरी जाती, भाषा, धर्म, योग्यता–क्षमता र कार्य कुशलतामा निपूर्ण पूर्व सभामुख पार्टी नेता कमरेड सुभाषचन्द्र नेम्वाङ् दोस्रो, त्यसैगरी कमरेड इश्वर पोखरेल, कमरेड विष्णु पौडेल लगाएत कुनै एक जनालाई पार्टीको कावा अध्यक्ष दिएर भएपनि पार्टी जोगाउन तिर पो लाग्नेहो कि ? अनि बाँकी अरु कमरेडहरु जस्तै क. केपी शर्मा ओली, क. माधवकुमार नेपाल, क. झलनाथ खनाल, क. बामदेव गौतम कमरेडहरुले भने पार्टीको सर्वोच्च, सर्वमान्य वा संरक्षक भईदिदा पार्टी पनि एक हुने थियो, साथै पार्टी मजबुत हुने र नेता, कार्यकर्ता, शुवेच्छुक, शुभचिन्तकहरुमा पनि उत्साह र उमङ्ग छाउने, साथै देश र जनताले पनि मुक्ति पाउने हुँदा यो कार्यमा नेतृत्वबर्ग लाग्दा चाही के कसो होला त ? होइन यदी हामी झोक्राएर मात्र एकले अर्कालाई दोषारोपण गर्दै खाली सामाजीक संजालहरुबाट मात्र पार्टी संचालन गर्ने हो भने अब पार्टी भित्र वेलाइन, अराजक, अनुसाशनहिनता, पदलोलुपता, किनबेच, भ्रष्टचारी, स्वार्थी हुदै आफुहरु पनि पतित हुँदै जाने हो र पार्टीलाई पनि उधोगती तिर लिएर जाने निश्चित देखिन्छ तसर्थ पहिले एमालेहरुमात्र मिलाउ अनि एमाले कै अगुवाईमा वृहत वामपन्थिहरुको एकताको वारेमा पनि सोचौ , जसले देश जनता अनि पार्टीहरु लाइ पनि निकास दिन सकियोस । यदि हामि सबैमा चेत भया ।