दोलखा प्रतिनिधि सभा क्षेत्रमा पहिलो नम्बरमा पुर्ब मन्त्री पार्बत गुरुङको नाम सिफारिस

अनलाइन दर्पण 2022-09-05
img

  सुशील कार्की

दोलखा ,भाद्र २० नेकपा(एमाले) दोलखा जिल्ला कमिटीले प्रदेश सभा  सदस्य दुइटा र प्रतिनिधि सभा क्षेत्रको उमेदवारहरुको छनोटको लागि बसेको बैठकले प्रदेश क्षेत्र "क" मा पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ ,बिदुर शर्मा र टंक जिरेल,जिबस राज खड्का  सिफारिस भएको छ भने प्रदेश "ख" को लागि लाल कुमार के सि बालकृष्ण शिवाकोटी ,भरत  के सि  ,डबल पाण्डे र कैलाश श्रेष्ठको नाम सिफारिस गरेको छ भने प्रतिनिधि सभाको लागि पार्टीको आन्तरिक चुनाब होस वा जनप्रतिनिधिको लागि हुने निर्बाचनमा होस सधै भारीमतले बिजय हासिल गर्ने दोलखाली जनताको  नेता प्रतिनिधि सभा सदस्य  पार्बत गुरुङलाई  पहिलो नम्बरमा  सिफारिस गरिएको छ। त्यस्तै  पुर्ब मन्त्री आनन्द पोखरेल र भरत दुलालको नाम सिफारिस गरेको छ।दोलखाको बिकट  उतरी भेगमा जन्मेका गुरुङले दोलखाको हाल सम्म भाग लिएका निर्बाचनहरु २०७०मा भएको संविधा सभा सदस्य र २०७४मा भएको प्रतिनिधि सभा सदस्य निर्बाचित भएका थिए भने उक्त दुबै निर्वाचनमा देश भरिका उमेदवार मध्य फराकिलो मतले बिजय प्राप्त गर्ने उमेदवार भएका थिए ।  समग्र दोलखाको सामाजिक ,राजनीतिक र जनताको आर्थिक समृद्धि तर्फ र स्थानिय तहमा पार्टीले गुमाएको साखःलाई पुन ब्युताउन र कार्यकर्ताको भाबनालाइ समोद्दन गरि गठनबन्धनको अराजनीतिक गतिविधिलाई रोक्न र गठबन्धनको जस्तो सुकै हर्कत सग प्रतिस्पर्धा गर्न सक्ने भएकाले गुरुङको उम्मेद्बारी दिन आवस्यक रहेको जिल्ला सदस्य बताउछन।पार्टीको सुदृढीकरण र सुधिकरण अभियान बाट आएको रिपोर्टलाई कार्यन्यन गर्ने लगाएत आगामी कार्ययोजनाको बिषयमा पार्टीले अभियान लिएर पुन जनताको बिचमा जाने जिल्ला कमिटी सदस्य गणेश शिवाकोटीले बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement