दोलखा जिल्लामा एमाले बलियो कि गठबन्धन

अनलाइन दर्पण 2022-09-22
img

  पार्बत गुरुङ

असोज ६; दोलखा, आसन्न मंसिर ४ को संघीय निर्वाचन र प्रदेश निर्वाचनको तयारीमा दलहरु आ-आफ्नो तयारीमा लागेका छन् । एक संघीय र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा नेतृत्व छनौटको काम अन्तिम चरणमा रहेको छ । जिल्लामा बहुदल पश्चात् सबैभन्दा बढी हालीमुहाली नेकपा एमालेको रह्यो । २०५१ मा काङ्ग्रेसका भिम बहादुर तामाङले तत्कालीन क्षेत्र न. -१ बाट जित निकाले पनि हालसम्म काङ्ग्रेसले दोलखामा जित्न सकेको छैन । २०५६ मा नेकपा एमालेले दुई वटै निर्वाचन क्षेत्र जित्न सफल भएको थियो भने २०६४ मा तत्कालीन माओवादीले पनि दुई वटै क्षेत्र जितेको थियो । त्यसयता, नेकपा एमालेले निरन्तर जित्दै आएको छ । २०७४ मा बाम गठबन्धन हुँदा पनि संघीय संसदमा एमालेले नै दोब्बर मतान्तरका साथ काङ्ग्रेसलाई धुलो चटाएको थियो भने, प्रदेश सभा तर्फ एमालेका पशुपति चौंलागांइ र माओवादी केन्द्रका बिशाल खड्काले जित्न सफल भएको थियो । 
तत्कालीन नेकपाको विघटन पछि टुक्रीएको एमालेका लागि देशभरको चुनावी अंकगणित केही फेरबदल हुँदा, दोलखाको चुनावी अंकगणित पनि केही मात्रामा तलमाथि भएको छ । २०७४ को स्थानीय निर्वाचनमा ५ वटा गाउँपालिका सहित २ नगरपालिकामा जितेको एमाले २०७९ को स्थानीय निर्वाचनमा केही कमजोर भएको निर्वाचन मतपरिणामले देखायो । तथापि, आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेले सतप्रतशत जित निकाल्ले गरि तयारीमा देखिन्छ । "स्थानीय निर्वाचनमा वडा लेभलमा टिकट वितरणमा हाम्रो केही प्राविधिक त्रुटि भए होलान्, त्यसकारण केही स्थानमा एमालेले अपेक्षित परिणाम प्राप्त गर्न सकेन । तर, हामी यसपटक गठबन्धनलाई पराजित गर्ने गरि तयारीमा छौं ।" एक जिल्ला कमिटी सदस्यले भने । 
विगतमा एमालेको चुनावी इतिहास हेर्ने हो भने, दोलखा एमालेको लालकिल्लाको रूपमा मान्न सकिन्छ । गठबन्धनमा दोलखा कस्को भागमा पर्छ भन्ने एकिन हुन नसक्दा एमाले आफुले निर्वाचन जित्नेमा ढुक्क देखिन्छ । अन्तर पार्टीकै किचलो व्यवस्थापनमा कमजोर काङ्ग्रेस गठबन्धन भित्रको किचलोले झन कमजोर देखिन्छ । दोलखामा काङ्ग्रेस गठबन्धनको जेठो दल हो । त्यसकारण हामीले संघीय टिकट पाउनुपर्छ । प्रदेशमा उहाँहरु लडनुहुन्छ । जनमत सहितको हाम्रो माग संघीय टिकट नै हो । जिल्ला कार्य समितिका एक सदस्यले भने । गाउँपालिका अध्यक्ष पनि घरमै, सांसद पनि घरमै र मन्त्री पनि घरमै चाहिने माओवादीको परिवार भित्रको किचलो अहिलेसम्म पनि व्यवस्थापन गर्न सकेको छैन । प्रचण्डले अबको पालो विश्व जि'कै हो । तयारी गर्नुस भनेर आश्वासन पाएको पहिले नै हो त्यसकारण यसपटक पनि गंगा जि'ले टिकट पाउनु भएन भने माओवादीमा बिद्रोह हुन्छ ।" माओवादी जिल्ला कमिटी सदस्यले भने । एता, एमाले सकाउन चोइटिएको समाजवादी पार्टीको हालत झन कमजोर देखिन्छ । जिल्लामा सबैभन्दा कम मत र कान्छो दल भनेर हेपिएको अनुभुती समाजवादी पार्टीले गर्दै आएको छ । "हामीले टिकट पाए पायौं हैन भने गठबन्धनमा माओवादीलाई सहयोग गर्नुपर्छ भन्ने भारी हामीले बोक्नुपर्छ भन्ने छैन ।" समाजवादीका एक जिल्ला नेताले भने । 
"माओवादी भन्दा समाजवादी नै हाम्रा लागि उपयुक्त उम्मेदवार हुन्छ" भनेर काङ्ग्रेसका नेताले केन्द्रमा भनिसकेको हुँदा हामीले टिकट पाउने कुरामा दुइमत छैन । 
यसरी गठबन्धन भित्र टिकटको किचलो हुँदै गर्दा एमाले दोलखा भने पार्टीका दुई बलियो पिलर मिलाएर चुनावी तयारीमा रहेको देखिन्छ । आनन्द पोखरेल भन्दा बहालवाला संघीय सांसद पार्वत गुरुङ नै कार्यकर्ता पङ्तिमा लोकप्रिय देखिन्छ । "अहिले गठबन्धन सङ्ग चुनावी प्रतिस्पर्धा हुने भएको हुँदा अहिलेको उपयुक्त एमाले उम्मेदवार पार्वत गुरुङ नै हो । त्यसकारण हामीले पार्वत गुरुङ भनेका हौं । कार्यकर्ताले भने । कमजोर उम्मेदवार एमालेले सिफारिस गरेको छैन । दोलखाको विकासमा आनन्द पार्वत दुवैको भुमिका महत्त्वपूर्ण छ । सिद्धान्तको रटानले मात्रै चुनाव जितिदैन । जित्नका निम्ति प्राविधिक तयारी पनि महत्त्वपूर्ण हुन्छ । त्यसका लागि पार्वत गुरुङ नै अहिलेको आवश्यकता हो ।"
एमाले दोलखाका पदाधिकारी पनि अहिले आनन्द भन्दा पार्वत गुरुङ नै परिस्थितिको माग हो भन्नेमा दुइमत छैन । काठमाण्डौमा बसेको पदाधिकारी बैठकमा आनन्दको भन्दा पार्वतकै पक्षमा पदाधिकारीको जोड देखिएको एमाले दोलखाका एक पदाधिकारीले भने । २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र न. १ मा काङ्ग्रेसका जिपछिरिङ शेर्पा निकटतम प्रतिद्वन्द्वी रहेको थियो भने त्यसपछिको मत माओवादीका बिशाल खड्काको रहेको थियो । त्यस्तै, क्षेत्र न. २ मा आनन्द पोखरेलले काङ्ग्रेसका तारा कोइरालालाई पराजित गर्दै माओवादीका शंकर लामालाई तेस्रो स्थानमा सिमित गरेको थियो । 
जिल्लामा २०७९ को मतपरिणाम अनुसार सबैभन्दा धेरै एमालेको ३९३२० काङ्ग्रेसको २२५०० माओवादी केन्द्रको १८६६८ र समाजवादीको ९४५० मत रहेको छ ।

सम्बन्धित समाचार

Advertisement