राज सागरको गायन तथा संगीतमा गजल

अनलाइन दर्पण 2020-09-25
img

गायक तथा संगीतकार राज सागरको गायन तथा संगीतमा गजल "बौलाएँ म" को म्यूजिक भिडियो बजारमा अाएको छ। अाफूलाई गजल गायक तथा संगीतकारका रुपमा स्थापित गराईसकेका राज सागरका धेरै वटा गजलहरू रेकर्डिङ्ग भै सकेता पनि उनको पहिलो रेकर्डिङ्ग भएको गजल यही " बहुलाएँ म " हो। जसले गजल गायको क्षेत्रमा स्थापित हुन निकै मद्दत गरेको छ।

उपेन्द्र ढकालको मुख्य भूमिका रहेको म्यूजिक भिडियो बजारमा अाएको हो। यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका हुन्।

गजलकार बिकास प्रहरको रचना रहेको "बहुलाएँ म " उनको पहिलो रेकर्डिङ्ग भएको गजल हो। उनको संगीत बद्ध गजलहरू मध्य यश अघि "रक्तलाली" को म्यूजिक भिडियो बजारमा अाईसकेको छ भने "हाँसी हाँसी" र निसासिन्छ किन किन?" म्यूजिक भिडियो बन्ने तरखरमा छन्।

संगीत संयोजन किरण कणेलको रहेको छ। म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् । गजलको म्यूजिक भिडियो अाफ्नो पहिलो काम भएको बताउँदै भिडियो बनाउँन धेरै मेहनत गरिएकोले राम्रो बनेको जानकारी दिईन्। शिबाकोटीले अो एस अारको अफिसियल यूट्युब च्यानल मार्फत बजारमा ल्याएको बताईन्। सह निर्देशन अाकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ।

स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन्। निर्माण ब्यबस्थापन अाषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भडेल र अरुण खड्काले गरेका हुन्। म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन्।भिडियोको सम्पादन कमलेस राजचलको रहेको छ।

मुख्य भूमिकामा उपेन्द्र ढकाल रहेका छन् भने प्रकृति खतिवडाले नायिकाको भूमिका निभाएकी छन्।यस्तै अार्शु महर्जनले सहनायक र बिनिता पाण्डे,अरुण खड्का,सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन्। गजलमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाईएको छ।

प्रेमी प्रेमीका बीच सम्बन्धमा दुर्घटनाले भयाबह रुप लिएको छ। अहिलेको समसामयीक स्थितिमा बिदेशमा नागरिकता पाएका जुनसुकै उमेरका केटाहरू माग्न अाए पनि बिदेश जाने प्रलोभनमा परी केटिहरूले प्रेम सम्बन्ध त्यागेर बिहे गरि बिदेश जाने बिकृतिलाई छर्लङ्ग पारिएको छ। अाफ्नै अाँखा अगाडि अाफ्नै प्रियसीको सिउँदो भरेको कसले हेर्न सक्छ सर? यही सेरोफेरोमा मुख्य भूमिका निर्बाह गरेका उपेन्द्र ढकाल अाफूलाई सम्हाल्न सक्दैनन् र बहुलाउन पुग्छन्।

सम्बन्धित समाचार

Advertisement