‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

अनलाइन दर्पण 2020-12-25
img

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबकाे ट्रेन्डिङ नम्बर एक मा आइपुगेको छ । सार्वजनिक भएको एकदिन मै चलचित्र ‘छक्का पञ्जा–३’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको हो । 

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र चलचित्र टीभी एपमा राखिएको थियो । तर पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।

बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ, शिवहरि पौडेल मुख्य भूमिकामा छन् ।

Related Post

Advertisement