जिल्ला बक्सिङ संघ भक्तपुरको अध्यक्षमा प्रजापति

अनलाइन दर्पण 2019-09-08
img

भक्तपुर, २२ भदाै। भक्तपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा रामकृष्ण प्रजापति सर्वसम्मत निर्वाचित भएका छन् । संघको भक्तपुरमा शनिवार भएको जिल्ला अधिवेशन तथा साधारणसभा बाट प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

नेपाल बक्सिङ संघको विधानअनुसार एक उपाध्यक्ष र एक सदस्य मनोनित बाँकी राख्दै उपाध्यक्षमा राजन कुम्पाख, सचिवमा साजन लघू र कोषाध्यक्षमा लक्ष्मीप्रसाद दुवाल सदस्यहरूमा गौतम सुजखू, कृष्णसुन्दर प्रजापति, केदार तुईतुई, गणेश सांगामी, दिनेश बासुकला, राजाराम साखकर्मी र राधेश्याम दुवाल निर्वाचित भएका हुन् ।

साधारणसभा एवं अधिवेशन उद्घाटन गर्दै प्रदेश नं ३ का प्रदेश सदस्य सुरेन्द्रराज गोसाईंले राष्ट्रिय खेलकुद परिषद् भ्रष्टाचार गर्ने र कार्यकर्ता भर्ती गर्ने अखडामात्रै भएको औंल्याउँदै यस्तै रहने हो भने नेपालमा कहिले पनि खेलकुदको विकास नहुने बताए । उनले हाल देश भर भएका रंगशालाहरू मर्मत सम्म नगरि भूतघरमा परिणत गरेर नयाँ रंगशाला बनाउने योजना अघी सार्दै योजना बेच्ने काम गर्नु किसानहरूलाई उठिबास लगाउने र भएका संरचना जिर्ण बनाउँदै खेलकुदमा राजनीति गर्दै भ्रष्टाचार गर्नु मात्र भएको आरोप लगाए ।

यस्तै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रजापतिले जिल्लामा बक्सिङ प्रशिक्षणमा जोड दिदै खेलकुदको आयोजना समेत गर्ने प्रतिवद्दता दिएका थिए ।

सम्बन्धित समाचार

Advertisement