विराट कुस्ती प्रतियोगिताको उपाधि यादवलाई

अनलाइन दर्पण 2019-11-14
img

अंगद यादव / नवलपरासी पश्चिम।  नवलपरासी पश्चिमको सुस्ता गाउपालिका वडा नं.-५ ठाडीघाटमा विराट कुस्तीको प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नारायणी नदीको किनारमा अवस्थित धार्मिक आस्थाको केन्द्र कार्तिक पूर्णिमाको दिन ठाडीघाटक मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो । 

ठाडीघाटमेलाको मुख्य आकर्षको केन्द्रबिन्दु रहेको विराट दंगल प्रतियोगिताको प्रथम उपाधि हरियाणा भारतको बप्पी यादव पहलवानले जिताका हुन । प्रथम उपाधिका लागि भएको प्रतिस्पर्धामा बनारस भारतको अरबिन्द पहलवानलाई हराउदै हरियाणाका बप्पी यादव बिजयी घोषित भए । 

त्यस्तै द्धितीत उपाधिका लागी बिष्णु पहलवान गोरखपुर(भारत) र शमशेर पहलवान बनारस (भारत)बिचको प्रतिष्पर्धामा शमशेर पहलवान विजय प्राप्त गरेका थिए र तृतीय उपाधिका लागी पवन पहलवान हाटा (भारत) र गोल्डेन पहलवान कमासी महाराजगन्ज (भारत) बिच भएको प्रतिष्पर्धामा संयुक्त बिजेता घोषित भएका हुन । 

कुश्तिमा बिजयताहरु लाई प्रथम पुरस्कार ल.ई.डि.टिभी नगद २५ हजार, द्धितीय ल.ई.डि.टिभी १५ हजार र तृतीय साइकल १० हजार दिइएको थियो । बिराट कुश्ती दंगल प्रतियोगीतामा कुल २९ जोडी प्रतिष्पर्धा गरेका थिए । 

ठाडीघाटको मेला नेपाल भारतको जनता बिचको आपसी सदभावलाई बलियो बनाउनुको साथै यो संस्कृतिको पहिचान पनि भएको मेला हो। यसलाई अझै सभ्य भब्य ऐतिहासिक पर्यटकीय स्थाल बनाउनमा सहयोग गर्ने उद्धघाटन गर्दै नवलपरासी १ख का प्रदेशसभा सांसद अजय शाहीले भनेका थिए । 

ठाडीघाट मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल भारतका उत्तर प्रदेश र बिहारका विभिन्न ठाउँबाट पहलवानहरु सहभागी हुन्छन । मेला कुस्ती हेर्न नेपाल भारतबाट हजारौं हजारको संख्यामा सर्वसाधारण र तिर्थालुहरु अाउछन । ठाडीघाट कुस्तीबाटै चर्चित भएकोले दर्शक तथा तिर्थालुको मागलाई ध्यानमा राख्दै विगत झै मेलामा कुस्ती ल्याइएको सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताए । 

उक्त प्रतियोगितामा सुस्ता गाऊपालिका वडा नं.-४ र ५ का वडाध्यक्ष अशोक गुरुङ, प्रभुनाथ यादव रामग्राम नगरपालिका वडा नं.-८ का वडाध्यक्ष महेन्द्र ठाकुर, ओमप्रकाश तिवारी, रवीन्द्र जयसवाल, भागिरथि पाल, अजय चौहान, रामनगर प्रहरी इन्चार्ज, लागायतको उपस्थिति रहेको थियो। 

एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणी नदिको किनारमा हरेक साल कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल र भारत बाट करिब ५० हजारभन्दा बढि श्रद्धालु भक्तजनहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ । नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

Advertisement