सैनिक आवासीय महाविद्यालय र सैपाल एकेडेमी फाइनलमा

अनलाइन दर्पण 2020-01-01
img

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, १० पाैष । मंसिर २९ गतेदेखि काठमाण्डौको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल  कलेजले मध्यपुर थिमी सानोठिमीस्थित मध्यपुर युथ एसाेसियसनकाे खेलमैदानमा आयोजना गरेको ब्रिजवाटर कप -२०१९ उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटवल प्रतियोगिताको फाइनलमा सैनिक आवासीय महाविद्यालय र सैपाल एकेडेमी पुग्न सफल भएका छन् ।

आज भएकाे पहिलाे खेलमा आयाेजक ब्रिजवाटर कलेजलाई सैनिक आवासिय महाविद्यालयले ५-० काे फराकिलो अन्तरले पराजित गर्याे। खेलकाे पहिलाे हाफमा नै २-० ले अग्रता लिएकाे सैनिकले दाेस्राे हाफमा थप तीन गाेल गरि आफूलाई फाइनलमा प्रवेश गरायाे।उक्त खेलमा म्यान अफ दि म्याच सैनिक आवासीय महाविद्यालयका बिस्रान्त बस्नेत भए।

त्यस्तै आजै भएकाे अर्काे खेलमा  लिटिल एन्जल्स  स्कुललाई सैपाल एकेडेमीले २-१ ले पराजित गरायाे। निर्धारित समय सकिन १६ मिनेट बाकि हुदा रेड कार्ड पाएर १० खेलाडीमा सीमित सैपालले आफ्नो खेल उत्कृष्ट प्रदर्शन गरिरह्याे भने अन्तिम ५ मिनेट बाँकी हुँदा पाएकाे पेनाल्टीलाई सहि प्रयाेग गर्न नसकेर लिटिल एन्जल्सले खेलमा फर्कने अवसर गुमायाे र आफूलाई सेमिफाइनलमा नै सीमित बनाई खेलबाट बाहिरिनु पर्याे। उक्त खेलमा सैपाल एकेडेमीका सन्जिव लामा म्यान अफ दि म्याच घाेषित भएका थिए।

सैनिक आवासीय महाविद्यालय र सैपाल एकेडेमी बिचकाे फाइनल खेल यहि पौष १२ गते दिउँसो १२ बजेबाट सुरु हुनेछ। विजेताले नगद १लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्ने बृजवाटर इन्टरनेसनल कलेजका प्रिन्सिपल तेज श्रेष्ठले बताए।

सम्बन्धित समाचार

Advertisement