जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा रोहित खड्का

अनलाइन दर्पण 2020-01-22
img

चरिकोट, दोलखा । जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा रोहित खड्का चयन हुनुभएको छ । बागमती प्रदेश खेलकुद परिषदको बैठकले दोलखाको रोहित खड्का को अध्यक्षतामा ५ सदस्य को नाम चयन गरेको हो । 

समितिकाे सदस्यहरुमा पुष्कर अधिकार, नेत्र मोक्तान , मोनिका फुयाल र अप्सरा कार्की चयन हुनु भएको छ ।

बाग्मती प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयकाे खेलकुद क्षेत्रमा अति महत्त्वपूर्ण विषयकाे रूपमा रहेको खेलकुद बिकास परिषद्को बैठकबाट १३ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितीको अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ ।

सम्बन्धित समाचार

Advertisement