१४ मंसिर । मंसिर १५ गते शनिबारदेखि छैठौं कालिका खुल्ला वडा तथा क्लब स्तरीय पूरुष भलिबल प्रतियोगिता-२०८१ सुरु हुदैछ ।
कालिका युवा क्लब शहिद लखन गाउँपालिका–३, निभारे गोरखाको आयोजनामा त्रिवेणी मन्दिर, त्रिवेणी मुग्लिन पारी छैठौं कालिका कप हुन लागेको हो ।
आगामी मंसिर १८ गते सम्म चल्ने प्रतियोगितामा १५ भन्दा बढी टिमको सहभागिता रहने र प्रतियोगिताको लागि आवश्यक तयारी लगभग पूरा भएको कालिका युवा क्लबका अध्यक्ष तेजिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु. ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले नगद रु. २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्र्नेछ ।