जनताको घर दैलो गर्दै कागेस्वरी -मनहरा नपा मेयर कृष्णहरि थापा

अनलाइन दर्पण 2020-07-24
img

  सन्तोष दाहाल

काठमाडौ ,श्रावण -८ कागेस्वरी -मनोहरा नगरपालिकाको मेयर कृष्ण हरि थापा द्वारा नगरबासीको चाहाना ,आवश्यकता र  प्रत्यक्ष सम्बाद को लागि श्रावण १ गते देखि "टोल- टोलमा मेयर" कार्यक्रम सुरु गरेको छन।उक्त कार्यक्रम गागलफेदी बाट सुरु भएको  र ८ गते वडा नम्बर ८ मा कार्यक्रम भएको छ।वडा नम्बर ८ का अध्यक्ष श्री कृष्ण चापागाइको अनुसार यो कार्यक्रम प्रभावकारि भएको आगामी दिनमा पनि यस्लाइ निरन्तरता दिनु पर्ने बताए उन्का अनुसार कतिपय कुरा/काम नगरपालिकामा गएर ठोकिएका हुन्छन उक्त कामहरु मेयर आएर हेरिदिदा सजिलो हुने र चुनावमा सहयोग गर्ने जनता र कार्यकर्ता ले पनि मेयर सग सम्बाद गर्दा अपन्त्व अनुभव हुने बताए।

यसै गरि जनता सग उनिहरुकै घर आगनमा गएर समस्या र समस्याको समाधान बारेमा छलफल हुदा काम गर्न सजिलो हुने वडा ८ को  सचिब स्वस्तिका बुढाथोकीले बताउनु भयो।नेकपा वडा सचिब प्रेम पाण्डेका अनुसार वडामा हुने सबै बिकास निर्माणका कार्यक्रमहरु नगरपालिकाको अनुदानमा हुने भएकाले भएका र अब गर्नुपर्ने कामहरु फिल्डमै आएर हेर्दा र प्रत्यक्ष जनता सग कुरा गर्दा सबै नगरबासी उत्साहित भएको बताउछन।

नेपाल कम्युनिस्ट पार्टी नगर कमिटि सदस्य एबम युवा नेता  गोपि कृष्ण रिजालका अनुसार नगरपालिकाको अनुदानमा वडा नम्बर ८ मा सामुदायिक भबन ,वीर भद्र युवा क्लब ,भित्री बाटोहरु मा करिब दुई \ तीन करोडका योजनाहरु भएका छन तिनिकामहरु प्रत्यक्ष जनसरोकार सग सम्बन्धित भएकाले   जनता बिकास निर्माण बाट खुसी भएको बताए ।

वडा नम्बर ८ को टोलटोलमा मेयर कार्यक्रम अन्तरगत फिक्कल बाट सुरु भएर तेजबिनायक मा बि,भैमाल खानेपानी ,झम्क घिमिरेका लागि नब निर्मित घर,बुद्ध चोक ;सिब चोक ,ॐ चोक ,जम्बु डाडा ,नबोद्तम धाम परिसर हुँदै वीर भद्र चोक लगाएत ठाउमा घुमी जनताहरु को समस्या र समाधानका विषयमा छलफल भएको थियो ।करिब एक हजार जनता सग प्रत्यक्ष भेटघाट कार्यक्रम भएको थियो।

सम्बन्धित समाचार

Advertisement