सरकार परिवर्तन हुँदैन, प्रधानमन्त्री ओलीको विकल्प छैन : मन्त्री गुरुङ

अनलाइन दर्पण 2020-11-08
img

काठमाडौँ  । सूचना  तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने र अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएको मन्त्री गुरुङले भन्नुभयो, ‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।’

वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने उहाँले बताउनुभयो । उहाँले थप्दै भन्नुभयो, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’

सम्बन्धित समाचार

Advertisement