सर्वोच्चको आदेशविरुद्ध एमाले ओली पक्ष पुनरवलोकनमा जाने

अनलाइन दर्पण 2021-06-11
img

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष सांसद निलम्बनविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध पुनरवलोकनमा जाने भएको छ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेश विरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ । दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आफूहरु पुनरावलोकनमा जाने तयारी भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

नेकपा एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । तर बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फ्लोर क्रस गर्ने सांसदलाई महाधिवेशन आयोजक समितिले कारबाही गर्न नसक्ने आदेश दिएको हो ।

सम्बन्धित समाचार

Advertisement