को हुन् सञ्जिब पुरी नेपाली काङ्ग्रेस चाँगुनारायण नगर सभापतिमा दाबी गर्ने ?

अनलाइन दर्पण 2021-08-03
img

नेपाली काङग्रेसको १४ औं महाधिबेशन नजिकिँदै गईरहेको छ। क्रियाशिल बिबाद नटुङ्गेपछि वडा र नगर स्तरीय अधिबेशन स्थगित भएको छ। कार्यदलले क्रियाशिल सम्बन्धि प्रतिबेदन बुझाई सकेको छ भने केन्द्रले बिबाद टुङ्ग्याउन निर्देशन दिई सकेको छ। नेपाली काङग्रेसका सभापति तथा प्रधान मन्त्री सेरबहादुर देउबाले अधिबेशन १६ भाद्रमा नै उदघाटन गर्न चाहिँ रहेका छन्। तर जिल्ला जिल्लामा केन्द्रीय प्रतिनीधीहरू नपठाउँदा जिल्ला जिल्लामा अधिबेशनको रौनकता छाउन सकेको छैन।

सबाट भक्तपुर काङग्रेस पनि अछुतो छैन्। भक्तपुर काङग्रेसले अधिबेशनको तयारी तिब्र पारेपनि केन्द्रीय प्रतिनिधि नअाउँदा अाकांक्षा ब्यक्त गर्नेहरू अधिबेशन हुन्छ कि हुँदैन भन्ने अलमलमा छन्। वडा वडामा क्रियाशिल भेला हुन थालेका छन् भने समूह ,समूहको गोप्य बैठक समेत हुन थालेका छन्। यस्तै नेपाली काङग्रेस चाँगुनारायण नगर कार्यसमितिले बैठक गरि अधिबेशनलाई अगाडि बढाउन थालिसकेको छ।

नगर सभापतिका अाकांक्षीहरू पनि खुलेर क्रियाशिल भेला गर्न थालेका छन्। नगर सभापतिका लागि प्रतिनिधि छानिनु नपर्ने हुनाले पनि नगर सभापतिमा दाबि गर्नेहरूको संख्या अधिबेशन नजिकिँदा बढिरहेको छ।हालका सभपाति शिबहरि केसि दोहोरयाउने पक्षमा छन्।

जिल्ला सदस्य यादब अधिकारी भने अाफ्नो पक्षमा सहमति गराएर नगर सभापतिमा निर्बिरोध हुन चाहेका छन्। अन्य अाकांक्षीहरू पनि देखापरिरहेका छन्। सहमतिमा अधिबेशन सम्पन्न गर्न पनि त अाकांक्षीहरू धेरै हुन जरुरी छ। राजु कुईकेल,सञ्जीब पुरी,मनोज कुमार थापा,राजेन्द्रकुमार(राजकुमार) दाहाल,प्रेम खत्री,जनक खत्री,जगदिश्वर कार्की,सम्पूर्ण रोक्का लगायतले चाँगुनारायण नगर सभापतिमा अाकांक्षा ब्यक्त गरेका छन्।

मनोजकुमार थापा भक्तपुर रेडक्रसका अध्यक्ष हुन् भने उपनिर्बाचनमा प्रदेश सभा सदस्य पदमा अाफ्नो दाबेदारी समेत हुन्।राजेन्द्र कुमार(राजकुमार) दाहाल लेखापढी कानुन ब्यबसायि एसोसिएसन भक्तपुरका अध्यक्ष हुन। अघिल्लो अधिबेशनमा चाँगुनारायण नपा कार्यसमिति सचिबका प्रत्यासि उमेदबार रहेका थिए।

चाँगुनारायण नगर सभापतिमा दाबि गर्ने सञ्जिब पुरी अाखिर को हुन त।

उनी नेपाली कांग्रेसका युवा नेता हुन्। उनले विद्यार्थी जीवनमा नेपाली कांग्रेसको भातृ संगठनबाटै राजनीति सुरु गरेका हुन्। उनले भक्तपुर बहुमुखि क्याम्पसमा अध्ययनरत छँदा स्वबियु निर्वाचनमा नेबिसंघको तर्फबाट उमेदबार रहेका थिए। पुरी हाल लेखापढी कानुन ब्यबसायमा अाबद्ध छन्। चाँगुनारायण नगरकोट नगरपालिकाको नगर सचिबको जिम्मेवारी सम्हालेका पुरी चाँगुनारायण नगरपालिका मर्ज भएपछि पनि काँग्रेसको राजनीतिमा सक्रिय रहेका छन्। उप निर्वाचनमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदका उमेदबार कृष्ण लाल भडेललाई बिजय गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सहमति र लोकतान्त्रीक पद्दति अनुरुपको चुनाबि प्रक्रियामा नगरसभापतिमा सहभागिता जनाउने बताउँछन्।

सम्बन्धित समाचार

Advertisement