भक्तपुर। नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पाँच दलको गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताएका छन्। आगामी चैत्रमा हुने रास्ट्रीय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पनि पाँच दलको गठबन्धन हुने बताए ।
नेकपा (एकीकृत समाजवादी ) मध्यपुर थिमि नगर संगठन कमिटिद्वारा बालकुमारीमा आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले कसैले चाहँदैमा अर्ली इलेक्सन नहुने भन्दै संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताए ।
नेता नेपालले एमालेको नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिपणी गरे । एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको बताए ।
नेता नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले उल्लेखनिय काम गरिरहेको र नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने समेत बताए ।
एकीकृत समाजवादी पार्टी एमाले भन्दा ठुलो बनिसकेको नेता नेपालले बताए। सुदूरपश्चिम, कर्णाली, प्रदेश २ मा आफ्नो पार्टीको पकड रहेको नेता नेपालको दाबी गरे । प्रदेश १ र वाग्मतीमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री भएकोले आफ्नो पार्टीसँग कसैले टक्कर लिनै नसक्ने बताए ।
‘हामीसँग टक्कर लिन खोज्यो भने भारततिर भनिन्छ नि जो हम से टकराएगा, वो चुरचुर हो जाएगा,’ नेपालले भने । उनले आगामी निर्वाचनमा आफूहरुलाई इश्र्या गर्नेहरुको हालत खत्तम हुने बताए ।
नेता नेपाले पहिले आफुसंग निकट रहेका र हाल एमालेमै रहेका नेताहरुलाई लक्षित गर्दै उनले एमाले पार्टीभित्र अपमान सहेर बस्नु भन्दा आफ्नो पार्टीमा आउन आग्रह पनि गरे । ‘हाम्रो पार्टीमा आउनुस् । त्यहाँ बसेका पनि कतिपय पछुताइरहेका छन् । तपाईंले हेर्नुभयो । छाम्नुभयो । पीडा सहनुभयो,’उनले भने,‘अब त फर्केर आए पनि हुन्छ । जो–जो आउन चाहनु हुन्छ उहाँहरूलाई स्वागत छ ।’
नेता नेपालले जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेत लगायत भक्तपुरका कमरेडहरुले भक्तपुरमा संगठन विस्तार व्यापक बनाएको भन्दै प्रशंसा समेत गरे।
सो कार्यक्रममा भन्दा पहिले नेता नेपालले नेपाल सम्बतका प्रवर्तक संखधर शाख्वाको सालिकमा माल्यार्पण गरेका थिए। माल्यार्पण पश्चात नेता नेपालले नेपालमा कम्युनिस्ट पार्टी निर्माण गर्ने पांच सस्थापक मध्येका भक्तपुर निवासी नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानको भवनको समेत अवलोकन गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य डा राजेन्द्रमान श्रेष्ठले भक्तपुरमा एमालेलाइ बलियो बनाउन धेरै अग्रजहरुले मिहिनत गरेको र पार्टी निर्माणमा लाग्ने ठुलो पंक्ति अहिले समाजबादीमा रहेको दावी गरे। एमालेले देश र जनताको पक्ष्यमा काम गर्न नसक्ने भएपछी २ महिना अघि मात्र बिद्रोह गरेर नया पार्टे को गठन गरि यो अवस्थामा आइपुगेको बताए ।
देशमा ठुलो संघर्ष पश्चात संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यावस्था स्थापना भएको र यसको कार्वान्यन र देशको बिकाशकोलागि आफुहरु लागिपर्दा एमाले पार्टी भित्रैबाट एसमा व्यवधान आएपछि बिद्रोह गरि नया पार्टी गठन गर्नु परेको बताए।