उदयपुर कटारी नगरपालिकामा युवा नेता ज्ञानेन्द्रको मेयरमा दाबी

अनलाइन दर्पण 2022-04-17
img

उदयपुर,चैत २७ ।  सत्ता गठबन्धमा जाने पार्टीले निर्णय गरिरहदा उदयपुरको कटारी नगरपालिकाको मेयरमा को उठने भने छलफल तिब्र भएको छ । मेयरको उमेदवार मिलाउन काग्रेस आन्तरिक तयारीमा लागि परेको छ जस्मा बैठक अगाडि नै उम्मेद्बार बिच छलफल चलाएर जान जिल्ला तहका नेताहरु आन्तरिक छलफलमा ब्यस्त रहेका छन ।

मेयर बन्नका लागि क्षेत्रीय सभापति राम राइ, युवा नेता राम खत्री, युवा व्यावसायि एबम जिल्ला सचीव  राजेश चन्द्र श्रेष्ठ, प्रदेश क्षेत्रीय सभापति कृष्ण थापा, नगर सभापति प्रकाश थापा र बिध्यार्थी राजनीति बाट भूगोलको राजनीति गर्न गएको महाधिवेशन प्रतिनिधि चर्चित युवा नेता ज्ञानेन्द्र खड्का सम्मले आफ्नो इच्छा ब्यक्त गरेका छ। 

ज्ञानेन्द्र खड्का काग्रेस भएकै कारण राजनीतिक पुर्बाग्रह राखि माओवादीले अंगभग हुने गरि कार्बही गरेका काग्रेसका पुराना नेता स्वर्गीय चेत बहादुर खड्काको छोरा हुन । उनि आफै पनि सानोठिमि क्यापसमा अध्ययन गर्दा नेबि संघ सभापति एबम स्वबियु निर्बाचन(२०६५) को उम्मेदवार रहेका थिए ।सानोठिमी क्याम्पसमा पढदा वाइसीएलको आक्रमणमा परेका उन्को राजनीतिमा धेरै योगदान रहेको छ ।मध्यम बर्गिय परिवारमा जन्मेका पार्टीको सैद्धान्तिक दखल राख्ने र राजनीति पेशा हैन सेवा हो भने बुझाइ राख्छन । 

कटारी नगरलाई समृद्ध बनाउन भिजन सहित युवाहरुलाइ गाउमै रोक्न रोजगारीको सृजना गर्न र कृषि  उत्पादनलाई घर घर गै नगरले किनि त्यस्को बिक्री बितरण गर्न लाग्ने सहितको आधार पत्र पार्टीमा प्रस्तुत गरेका छन । त्यस्तै उप-मेयरको लागि  महिला नेतृ अनिता कार्की लगाएतले इच्छा देखाएका छन ।

सम्बन्धित समाचार

Advertisement