काभ्रे - पाँचखाल नगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसले युवा व्यवसायी प्रह्लाद थापा सहित १० जनाको नाम सिफारिस गेरेको छ । नगर कार्यसमितिको बसेको बैठकले मेयरका लागि १० जना र उपमेयरका लागि आठ जनाको नाम सिफारिस गरेको हो ।
विभिन्न व्यावसायिक क्षेत्रमा तथा राजनीतिमा कृयाशिल युवा थापालाई मेयरको टिकट दिन पाँचखाल काङ्ग्रेसले लविङ पनि गरेको छ । नगर कमिटीले अहिलेका मेयर खरेलको नामपनी सिफारिस गरेको छ । त्यस्तै राजन कार्की, प्रलाद थापा, गणेश अधिकारी, कुमार लामिछाने, उमेश बाँनिया, हेमकुमार लामा, निराजन लुइटेल, नन्दु प्रसाद दुलाल र चन्द्रमणि आचार्यसमेत मेयरमा सिफारिस भएका छन् ।
त्यस्तै उपमेयरमा बद्री प्रसाद खकुरेल, साबीत्री लामिछाने, लक्ष्मी दनुवार, शान्ति लक्ष्मी श्रेष्ठ, सुनिता तामाङ, कुसुम दुलाल, मनकुमारी दनुवार र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको छ । लक्ष्मी दनुवार अहिलेकी उप प्रमुखसमेत हुन् ।
प्रह्लाद थापा बिगत लामो समय देखि नेपाली काङ्ग्रेस र काङ्ग्रेस निकट विभिन्न संघ संस्थामा कृयशील छन । यातायात , होटल, सहकारी लागायतका विभिन्न व्यवसायमा सकृय थापाले टिकट पाएमा जिताउन सकिने नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु बताउछन ।