अनलाईन दर्पन खोटाङ
चुनवको मुखमै नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका जेपि आचार्यले पार्टी परित्याग गरेको छ । आचार्यको नेतृत्वमा नेकपा एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष समेत रहेका रविन्द्र कुमार राई लगायत ८ जना नेता तथा कार्यकर्ता पत्रकार सम्मेलन गरि माओबादी केन्द्रमा प्रबेस गर्नु भएको छ । चुनावको मुखमै यसरी पार्टी परित्याग गर्दा नेकपा एमाले खोटाङ ठुलो संकटमा परेको छ ।
एमाले पार्टी परित्याग गर्ने आचार्यले खोखुछिन्ताङमा भएको घटना र उक्त घटनामा शहिद भएका ३६ जना शहिदहरुको सम्झना गर्दै तिनै खोखुछिन्ताङ घटना घटाउने सुर्य बहादुर थापाका छोरा कमल थापा सँग भएको नेकपा एमालेको साठगाँठ गलत भएको र एमाले पार्टी क्रान्तिकारी नभएको जिकिर गरे । साथै निजले नेकपा माओवादी केन्द्र मात्रै सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको कारण एमालेमा भएका सच्चा देशभक्त क्रान्तिकारीहरु नेकपा माओवादी केन्द्रमा गोलवद्ध हुन आह्वान समेत गरेका थिए ।
उता जनता समाजवादी पार्टी खोटाङ्गको प्रचार प्रसार विभाग प्रमुख तथा समाजवादी विद्यार्थी सँगठनका प्रदेश नम्वर १ अध्यक्ष समेत रहेका रबिन खम्बूले पनी जसपा परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । पत्रकार सम्मेलन गर्दै निजको नेतृत्वमा ३८ जना जसपाका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेको हो ।
सही राजनीतिक दिशा र नेतृत्व गर्न सक्ने पार्टी नेकपा माओवादी केन्द्र मात्र रहेको उनिहरुको ठहर छ । साथै समृद्ध समाज निर्माण गर्दै अगाडी बढ्ने आन्दोलनमा लाग्ने प्रतिवद्धता गर्दै सम्पूर्ण सच्चा देशभक्त क्रान्तिकारीहरु नेकपा माओवादी केन्द्रमा गोलवद्ध हुन आह्वान समेत गरेका थिए ।