अहिल्यै पार्टी फुट्दैन-श्रेष्ठ

अनलाइन दर्पण 2024-10-20
img

बारा, कार्तिक ४ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम्  प्रतिनिधिसभा सदस्य कृष्णकुमार (किसान) श्रेष्ठले तत्काल पार्टी विभाजनको सम्भावना नरहेको बताएका छन् ।

मंसिरदेखि शुरु हुने पाँच वर्षे गढीमाई मेलाको तयारीका निम्ति मन्दिर व्यवस्थापन समितिले शनिबार बाराको गढीमाई मन्दिर परिसरमा आयोजित एक छलफल कार्यक्रममा श्रेष्ठले उक्त कुरा बताएका हुन् । नेता श्रेष्ठले दल विभाजनमा आफू सक्रिय रहेको भनी आफ्नो बदनाम गरिएको भन्दै अहिल्यै पार्टी फुट्ने सम्भावना नरहेको बताए ।

मंसिरदेखि शुरु हुने पाँच वर्षे गढीमाई मेलाको तयारी समितिमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव ठाकुरसहित कार्यालय सचिव अरुण खनाललगायतका स्थानीय नेता सक्रिय छन् ।

सम्बन्धित समाचार