तरुण दलको महाधिवेशन कात्तिक २७ देखि पोखरामा हुने

अनलाइन दर्पण 2016-11-03
img

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ। महाधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधिले  भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ। केही जिल्लामा विवाद भए पछि दुई पटकसम्म स्थगीत महाधिवेशन यो पटक हुने अध्यक्ष  राणाले बताए।

महाधिवेशनको तयारी बारे जानकारी लिन पोखरा आएका राणाले महाधिवेशन सम्पन्न गर्न विभिन्न २२ उपसमिति गठन गरी काम भइरहेको जानकारी दिए । उनले आवास, प्रचार प्रसार र भोजन लगायत अन्य व्यवस्थापनको काम भइरहेको बताए। उनले ६८ जिल्लाकामा अधिवेशन सकिसकेको बताए। महाधिवेशनमा जिल्ला, क्षेत्र, नगर, विदेश विभाग र मनोनित गरी प्रतिनिधिको सहभागीता रहने बताए।

उनले उदयपुर, सुर्खेत, नुवाकोट, सप्तरी, सर्लाही, धनुषा, धादिङ जिल्लामा विवाद देखिए र विवाद मिलाउने काम भइरहेकोे बताए। तर ती जिल्लामा नगर र क्षेत्रीय अधिवेशन भने सम्पन्न भएकाले जिल्लाबाट नभए पनि नगर र क्षेत्रका प्रतिनिधिले भाग लिन सक्ने उनले जानकारी दिए। 

कांग्रेस केन्द्रीय सदस्य तथा निर्देशन समितिका सदस्य सुरेन्द्र पाण्डेले विवादित जिल्लाको टुंगो लगाउन अझै पनि केही समय बाँकी रहेको भन्दै कात्तिक २४ भित्र अधिवेशन सम्पन्न गरेर महाधिवेशनमा भाग लिनसक्ने बताए । पाण्डे र राणा पोखरा आएर तयारीबारे विभिन्न स्तरमा समेत छलफल गरेको बताए।

सम्बन्धित समाचार