क्लिन्टन र ट्रम्पको कडा टक्कर, हिलरीकाे ६८ र डोनाल्डकाे ६६ इलेक्टोरल भोट

अनलाइन दर्पण 2016-11-08
img

काठमाडौं, २४ कात्तिक। अमेरिकाकाे राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले झिनो मतान्तरले अग्रता लिएकी छन् ।

५० राज्यमध्ये १५ राज्यकाे मत परिणाम आएको छ । हिलरीले ६८ इलेक्टोरल भोट पाएकी छिन् भने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ६६ इलेक्टोरल भोट पाएका छन् । यसअघि १२ राज्यको मत परिणाममा भने टम्प मात्र ३३ मतमा थिए । तर, साउथ क्यारोलिन लगायतको परिणामले उनलार्इ राहत दिएको छ ।

फ्लोरिडा र भर्जिनियामा ट्रम्प अगाडि छन् भने नर्थ क्यारमेलिना र ओहायोमा क्लिन्टन अगाडि छन् ।

५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।

सम्बन्धित समाचार

Advertisement