‘लकडाउन’बाट प्रभावित अपांगता भएका परिवारलाई उपाध्यक्ष अग्रहरीद्वारा खाद्यन्न समाग्री वितरण

अनलाइन दर्पण 2020-05-01
img

अंगद यादव / नवलपरासी पश्चिम, १९ बैशाख । जिल्लाको आरती एग्रो प्रा. लि. का संचालक, युवा नेता तथा नवलपरासी उद्योग वाणिाज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले लकडाउनमा अपांगता भएका घरपरिवारलाई राहतको रुपमा खाद्यन्न समाग्री वितरण गरेका छन् ।


विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा जिल्लाभित्र रहेका अति विपन्न अपांग भएको परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आ-आफ्नो ठाउबाट अति विपन्न र अपांगता घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेकोमा अग्रहरीले जोड दिए ।  
अग्रहरीले अपांगता भएका २५ घरपरिवारलाई राहत स्वरुप १० किलोग्रामको दरले चामल र ५ केजी चिउरा राहत स्वरूप बितरण गरेको नव जीवन अपांग संस्था रामग्राम परासीका संयोजक नारायण कुर्मीले अनलाइन दर्पणलाइ बताए ।


आरती एग्रो इन्डष्ट्रिज प्रा.लि.का सञ्चालक अग्रहरीले यसअघि आफ्नो घरमा भाडामा बस्दै आएकालाई चैत्र र वैशाख महिनाको घर भाडा छुट दिएका थिए । लकडाउनका कारण प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले उद्योग वाणिज्य संघको कोषमा ५१ हजार नगद र सुनवल नगरपालिकाको कोषमा १ लाख २० हजार उपलब्ध गराएका थिए । 

सम्बन्धित समाचार

Advertisement