भक्तपुर, २ कात्तिक २०८१ । भक्तपुर नगरपालिकाले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । नगरपालिकाले गत असाेज २३ गते सूचना प्रकाशन गरी कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर र कार्यालय सहयोगी माग गरेको हो । नगरपालिकाले निकालेकाे सूचना अनुसार दरखास्त दिने अन्तिम म्याद कात्तिक ७ गतेसम्म तोकिएको छ ।
दरखास्त फारम ब्यासीस्थित नगरपालिकाको कार्यालयमा प्राप्त गर्ने र बुझाउने ब्यवस्था गरिएको बताइएको छ ।