वैशाख २१ गतेबाट देशभर यातायात ठप्प पार्ने ब्यवसायीहरुको घोषणा

अनलाइन दर्पण 2018-04-24
img

बुटवल, ११ वैशाख । सरकारले यातायात संम्बद्ध संघ/संस्था खारेज गर्ने निर्णयबिरुद्ध यातायात ब्यवसायीहरुको आन्दोलन कसिलो बन्दै गएको छ ।

यातायात ब्यवसायी महासंघको आब्हानमा गरिएको आन्दोलनका कार्यक्रम अन्तरगत वैशाख १० गते सोमवार अपरान्ह ४ बजे बुटवलस्थित लुम्विनी बस टर्मिनलमा बिरोध सभा सम्पन्न भएको छ ।

यातायात ब्यवसायीहरुले सरकारले सरोकारवालाहरुसंग छलफल नै नगरी संघ/संस्था खारेज गर्ने निर्णय गरेर ब्यवसायीहरुलाई उत्तेजीत बनाउने काम मात्र गरेको भन्दै आन्दोलन गर्दै आएका छन् ।

बुटवलमा आयोजित कार्यक्रममा पश्चिम नेपाल बस ब्यवसायी संघका पूर्व  अध्यक्ष कृष्णप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, पश्चिमान्चल यातायात ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष यम प्रसाद पाण्डे यातायात ब्यवसायी महासंघका उपाध्यक्ष पुष्पा श्रेष्ठ,केन्द्रीय  सदस्य बिष्णु कार्की , यातायात ब्यवसायी महासंघका आन्देलन संयोजन समितिका सह संयोजक लोकराज पोखरेल, सीता घिमिरेलगायतले सरकारी निर्णयको चर्को आलोचना गरेका थिए ।

यातायात ब्यवसायीहरुले सर्बोच्च अदालतको बैसाख ४ गतेको फैसला कार्यन्वयन गर्न आग्रह गर्दै सरकारले आफ्नो निर्णय नसच्याए आफूहरुले २०७५ वैशाख २१ गतेदेखि सवारी साधन थन्क्याएर आन्दोलन गर्ने बताउदै आएका छन् ।

सरकारले यातायात क्षेत्रमा रहेको सिण्डीकेट हटाउने भन्दै यातायात ब्यवसायी संघ/संस्थाहरुको दर्ता तथा नविकरण नगर्ने निर्णय गरे पछि यातायात ब्यवसायीहरु आन्दोलनमा लागेका हुन् ।

सर्वोच्च अदालतले २०७५ वैशाख ९ गते आईतवार सरकारका नाममा अर्को आदेश जारी गर्दै आफ्नो अघिल्लो फैसला सिण्डकेट खारेज गर्ने भएको तर संघ/संस्थ खारेज गर्ने भन्ने नभएको भन्दै आन्दोलनरत ब्यवसायीहरुको सहभागितमा आयोग गठन गरेर समस्या समाधान गर्न भनेको छ ।

सम्बन्धित समाचार