गृहमन्त्री बादललाई माओवादी केन्द्रले गर्‍यो कारबाही

अनलाइन दर्पण 2021-04-09
img

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादललाई कारवाही गरेको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयलाई आज पत्र लेखेर थापा पार्टीको सांसद नरहेको र दलबाट हटाएको जानकारी गराएको हो।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन्।

यसअघि माओवादीले टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाइसकेको छ ।

सम्बन्धित समाचार

Advertisement