काठमाडौँ, ५ असार । थप २ हजार ४ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ हजार ६ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ जना रहेको छ । आज ४१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ जना पुगेको छ ।