नगरपालिकाको पहलमा समूदायमा कोरोना परिक्षण

अनलाइन दर्पण 2021-06-19
img

भक्तपुर । समूदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने भन्दै मध्यपुर थिमी नगरपालिकाले वडा स्तरमा नै निःशुल्क कोरोना परिक्षण गराएको छ ।
नगरपालिकाको आयोजनामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको संयोजकत्व तथा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा मध्यपुर थिमी नगरपालिकाले सवै वडामा कोरोना परिक्षण गराएको हो ।

समूदाय स्तरमा नै सुसुप्त रुपमा कोरोना फैलिएको हुन् सक्ने अनुमानका साथ नगरपालिकाले सबै ९ वडामा एन्टिजिन प्रविधिबाट निःशुल्क कोरोना परिक्षण आयोजना गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नगर भित्र १० हजार जनाको परिक्षण गर्ने लक्ष्यका साथ परिक्षण अगाडी बढाएको उहाँले जानकारी दिनुभयो ।

मध्यपुर थिमी नगरपालिका पहिलो र दोस्रो लहरमा नै हट स्पर्टका रुपमा रहेको बताउँदै उहाँ भन्नुहुन्छ यसरी आम सर्वसाधारणको परिक्षण गर्दा समूदायमा सुसुप्त भएर रहेको कोरोनाको पनि उजागर हुन सहज हुने भन्दै नगरपालिकाको पहलमा परिक्षण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
भक्तपुरका हरेक टोलमा कोरोना यसै गरि परिक्षण गर्न सके समुदायमा भएको कोरोना पहिचान हुने र उपचार तथा रोकथाममा सहज हुने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनुभयो ।

उहाँका अनुसार भक्तपुरमा गरिएको परिक्षणको नतिजा पनि एकै छिनमा दिइने भएको तथा पोजेटिभ देखिएका खण्डमा स्वास्थ्य उपचारका लागि आइसोलेसन को नगरले नै व्यवस्था समेत गर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार समुदायमा फैलिएको कोरोना निराकरणमा यही उक्तम उपाए भएको बताउँदै सवै स्थानीय तहमा परिक्षणको दायरा बढाउँदै लैजानु पर्ने बताउनुभयो ।

नगरपालिकाको आयोजनामा भएको परिक्षण नगरपालिका भित्रका सबै स्वास्थ्य कार्यालय एवं सहरी स्वास्थ्य क्लिनिकहरुमा रहेको छ ।

सम्बन्धित समाचार

Advertisement