एनआरएनए आइसिसी महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिन सक्ने

अनलाइन दर्पण 2021-08-18
img

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने सम्भावना बढेर गएको छ । कुल आचार्यको टिमबाट सचिवमा प्रभावशाली उम्मेदवार रहे पनि विश्वभरीबाट चौर्तफी दबाब तथा सबैको सल्लाह सुझाव अनुसार महासचिवमा उम्मेदवारी दिने सम्भावना बढेर गएको हो ।

अधिकारी महासचिवको लागि योग्य भएको र संस्थालाई आवश्यक पर्ने भन्दै उम्मेदवारी दिन चौर्तफी आवाज उठिरहेको छ । अधिकारीले यसअघि सचिवमा उम्मेदवारी दिने बताए पनि सबैको सल्लाह सुझाव तथा अग्रजहरुको चाहानामा महासचिवमा उम्मेदवारी दिन सक्ने अड्कलबाजी समेत गरिन थालीएको छ ।

बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष हुनुहुन्छ भने एनआरएनएन नवौ महाधिवेशनमा कुनै गुट नगुटमा नलगाीकन स्वतन्त्र रुपमा उम्मेदवार भएर अधिकारीले लोकप्रिय मत ल्याएर उपविजेता बन्नु भएको थियो । उहाँको मतलाई अग्रजहरु एनआरएनएका पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, शेष घले धर्मपत्नी जमुना गुरुगं, कुमार पन्त लगायत विभिन्न तह तप्काका ब्यक्तीहरुले समेत प्रशंसा गरेका थिए ।

आइटी ब्यवसायी समेत रहनु भएको अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ । विशेष गरि कलेज क्षेत्रमा आफ्नो लगानी धेरै गर्नु भएको छ । अधिकारी आर्थिक हिसावले समेत सफल ब्यवसायीको रुपमा चिनिनुहुन्छ । सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आउनुभएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई वकालतमा निकै अगाडि हुनुहुन्छ ।

डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित हुनुहुन्छ ।

गैर आवासीय नेपालीका समस्या तथा वीरता र साहशको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आउनुभएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार हुनुहुन्छ ।

सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिव पदमा रहनुभएका अधिकारी सफल प्रेरणादायी ब्यक्ति रहेको आम एनआरएनएका सदस्यहरुको बुझाइ छ ।

डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियन्ता पनि हुनुहुन्छ ।

उहाँ सन २०१५ देखि ग्लोबल गोरखा समाजमा आवद्ध हुनुहुन्छ । हाल अध्यक्ष रहनु भएको अधिकारीले कोभिड १९ को महामारीमा नेपालमा महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको छ ।

गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, चितवनको चेपागं बस्तीमा पनि अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाग बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरिएको थियो ।

गैर आवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गर्नुभएका अधिकारी नेतृत्व क्षमतामा पनि अब्बल मानिनुहुन्छ ।

सम्बन्धित समाचार

Advertisement