भक्तपुरका भँडेल बने भौतिक पूर्वाधार मन्त्री

अनलाइन दर्पण 2021-10-29
img

भक्तपुर । भक्तपुर क्षेत्रनम्बर १(क)का प्रदेश सांसद कृष्णलाल भँडेल बाग्मती प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । विहिवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले भँडेलसहित नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शुरुमा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका थिए। पाण्डेको मन्त्रीमण्डल तीन सदस्यीय बनेको छ । जसमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री रहेका छन्।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राजेन्द्र पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

सम्बन्धित समाचार

Advertisement