नेपाल वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियनमा गोपाल सिंह चयन भएका छन् । नेपाल वायू सेवा निगमलाई प्रभावकारी रुपमा अगाडी बढाउन र कर्मचारीका हकहितका लागि नेकपा एकीकृत समाजवाद निकट निगमका कर्मचारीहरुले वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियन गठन गरेका हुन् ।
गोपाल सिंहको अध्यक्षतामा नव गठित यूनियनको उपाध्यक्षमा तुलसी थापा, दोम पोखरेल, निर बहादुर बर्देवा, चयन भएका छन् । त्यसैगरि यूनियनको महासचिवमा कृष्ण प्रसाद बजगाँइ चयन भएका छन् । यूनियनको सचिवहरुमा नुमानन्द गौतम, बल टमाटा र सह–सचिवमा नवराज ढुङ्गेल चयन भएका छन् । यूनियनको कोषाध्यक्षमा सम्झना पौड्याल र सह–कोषाध्यक्षमा देवीलाल दहाल चयन भए ।
त्यसैगरी यूनियनको सदस्यहरुमा साधना कुँवर, मुरारी प्रसाद अधिकारी, नितु राय रहेको वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियनका महासचिव कृष्ण प्रसाद बजगाँईले जानकारी दिए ।
वायू सेवा निगम स्वतन्त्र कर्मचारी यूनियन गठनका लागि अनेरास्ववियू स्थायी कमिटी सदस्य तर्क बहादुर शाहीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।