नेकपा एमालेका युवा नेता अर्जुन बुढाथोकीले जिल्ला कमिटी सदस्यमा कालिञ्चोक गाउँपालिकाको भुगोल तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एमालेको आसन्न अधिवेशनमा नेता बुढाथोकीले ले जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिएका हुन् ।
विद्यार्थी राजनीतिकबाट उदाएका नेता बुढाथोकीलाई जिल्लामा प्रभावशाली उम्मेदवारको रुपमा हेरिएको छ । काठमाण्डौमा ब्यवसाय सञ्चालन गर्ने बुढाथोकी समाजसेवीका रुपमा लोकप्रिय नेताको छवि बनाउन सफल भएका छन्।
नेता बुढाथोकीले नगर र पालिकाबाट अधिवेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाई अमूल्य मत दिएर आफूलाई अत्याधिक मतका साथ विजयी गराई दिन आग्रह गरेका छन् ।