सुर्यविनायक -२ मा नेकपा एकिकृत समाजवादीकाे वडा कमिटी गठन

अनलाइन दर्पण 2022-02-18
img

भक्तपुर।  सुर्यविनायक  नगरपालिका वडा नं २  मा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) ले वडा कमिटी गठन गरेको छ । नेकपा एसका पोलिटव्युरो सदस्य डा राजेन्द्रमान श्रेष्ठको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको वडा कमिटीको भेलाले नवराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको  हो।

भक्तपुर जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) को संगठन बिस्तारलाई तिब्रता दिने क्रममा आज सो पार्टीको  सुर्यविनायक   नगर संगठन कमिटीको आयोजनामा  बालकोटमा आयोजना  गरिएको अगुवा कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो  ।

भेलामा  शुभकामना मन्तब्य ब्यक्त गर्दै भक्तपुर अग्रज नेता रामेश्वर ढुंगेल चट्टानले एमालेमा कम्युनिस्ट चरित्र हराउदै गएको र एमाले पार्टी नितीगत र वैचारिक रुपमा नचल्दा आफु केहि समय निस्क्रिय रहेको बताउदै  नेपालको कम्युनिस्ट आन्दोलनलाई नेकपा एकीकृत समाजवादीले मात्र बचाउन र सफल बनाउन सक्ने भएकाले भेलामा सहभागी भएको बताउनु भयो। 

भेलामा पार्टीका जिल्ला अध्यक्ष  स्याम बस्नेतले अब बालकोटमा बुद्धिजीवीको नाममा राजनैतिक नियुक्तीको खोजी गर्ने  र उपभोक्ता समितिको ठेक्का प्राप्त गरी भ्रस्टाचार गर्ने मनसाय भएकाहरु मात्र एमालेमा बाकि रहेको दाबी गर्नु भयो।

भेलामा  वडाका ५० भन्दा बढि पुराना नेता  कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। 

सम्बन्धित समाचार

Advertisement